फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीले जीवन्त शक्ति कायम राख्ने

(GMT+08:00) 2020-07-01 16:58:55

सन् २०२० जुलाई एक तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको ९९ औँ वार्षिकोत्सव हो। चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको ९९ वर्ष पूरा भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले शासन गरेको ७१ वर्ष भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका नौ करोड दश लाख जना सदस्य रहेका छन्। ती कुराले विश्वको सबैभन्दा ठूलो राजनीतिक पार्टीको असामान्य प्रक्रिया र दीर्घकालीन रुपमा जीवन्त शक्ति कायम राखेको आकर्षण देखाएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले भन्नुभए झैँ चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएयता आफ्नो हितमा ध्यान दिएको छैन खाली जनतालाई लाभ दिनुलाई मूलभूत सिद्धान्तको रुपमा राखिरहेको छ। सबै जनताका लागि, सबै जनतामा भर पर्ने र चिनियाँ जनताको सुखमय जीवन खोज्ने कार्यलाई प्राथमिकता दिँदै चीनका लागि पुनरुत्थान खोज्नुपर्छ। यो चिनियाँ कम्युनिष्ट पार्टीको प्रारम्भिक दायित्व हो। चिनियाँ कम्युनिष्ट पार्टीले उक्त प्रारम्भिक दायित्वबमोजिम जनतालाई राष्ट्रिय मुक्ति र स्वतन्त्रता साकार तुल्याउन, राष्ट्रिय निर्माण गर्न, सुधार तथा खुलापन गर्न निर्देशन गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशनमा चीन एक गरिब र पिछडिएको मुलुकबाट विकासित भएर हाल विश्वको दोस्रो ठूलो आर्थिक समूह बनेको छ।

कोरोना भाइरस महामारीको विरुद्धका क्रममा "जनतालाई सर्वोच्च स्थानमा राख्ने" धारणा देखिएको छ। सी चिन फिङले महामारीको रोकथाम तथा नियन्त्रणलाई "जनयुद्ध"को रुपमा राख्नुभयो। सीले एक अर्ब चालीस करोड चिनियाँ जनतालाई तीन महिनासम्म महामारीको रोकथाम तथा नियन्त्रणको ठूलो उपलब्धि हासिल गर्न निर्देशन गर्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीले सफलता प्राप्त गरेको कारण राष्ट्रिय अवस्थासित अनुकूल भएको सही विकास बाटो अन्वेषण गर्नु हो। यो बाटो जनताको हितलाई पहिलो स्थानमा राखेको, खुलापनमा साझा विकास खोजेको बाटो हो। अमेरिकी ब्रुकिंग्स संस्थाअन्तर्गत चीन केन्द्रका प्रमुख ली छङले चिनियाँ कम्युनिष्ट पार्टीले चीनको राष्ट्रिय अवस्थासित अनुकूल भएको विशेषतायुक्त विकास बाटो अन्वेषण गरेको र वास्तविकताबाट यो बाटो चीनको सही छनौट भएको प्रमाण गरिएको बताउनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको लाभका लागि प्रयास गर्नुका साथै मानवको भावी विकासमाथि ध्यान दिएको छ। महासचिव सीले चिनियाँ कम्युनिष्ट पार्टी विश्वको सबैभन्दा ठूलो राजनैतिक पार्टी हो भन्दै चीनले आफ्नो कार्य राम्रोसँग गर्नुका साथै चीनको विकासमार्फत विश्वका लागि सुअवसरको सिर्जना गर्ने कुरामा जोड दिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीले निरन्तर रुपमा जनतालाई केन्द्रमा राख्ने, चीनलाई स्थिरताका साथ अगाडि बढ्न निर्देशन गर्नुका साथै विश्वको समृद्धि र स्थिरताका लागि शक्ति थप्नेछ।

जानकारी तथा लेखहरु