फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरोपेली संघलाई कठपुतली बनाउने पोम्पेओको कुचेष्टा

(GMT+08:00) 2020-07-02 18:39:45

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले हालै चीन र युरोपबीचको सम्बन्धमाथि नजर पुर्‍याउनु भएको छ। उहाँले युरोपलाई अमेरिकासँग मिलेर चीनमाथि प्रतिद्वन्द्व गर्न उक्साउनु भएको छ। उहाँले युरोपेली संघलाई आफ्नो कठपुतली बनाउने योजना तर्जुमा गर्नु भएको छ।

पोम्पेओले केही दिनअघि आयोजना गर्नुभएको चीन-युरोपेली संघ नेताहरूको उच्च स्तरीय वार्ताका कारण चीन र युरोपेली संघको सम्बन्धलाई उत्तेजित बनाउन थाल्नु भएको छ। उक्त वार्तामा चीन र युरोपेली संघका नेताहरूले महामारी पश्चात चीन र युरोपेली संघको सम्बन्धको सहयोगको दिशाको संयुक्त रुपमा योजना गर्नुभएको, खोपको अनुसन्धान तथा विकास, कार्य र उत्पादनको पुनःशुरु, द्विपक्षीय लगानी सम्झौताबारे अनेकौँ सहमतिहरू प्राप्त गर्नुभएको थियो। उक्त वार्ताले सहयोगको स्पष्ट र ठोस संकेत प्रसारण गरेको छ।

पोम्पेओले चीन र युरोपेली संघको सहयोगले अमेरिकाको हितमा हानी पुर्‍याउने ठहर लिनु भएको छ। त्यसैले उहाँले चीन र युरोपेली संघको सम्बन्धको उत्तेजित गर्ने कुचेष्टा गर्नु भएको छ।

चीनसितको रणनीति र निर्णयबारे युरोपेली संघले धैर्य, विवेकपूर्ण, स्वतन्त्र फैसला क्षमता देखाएको छ। चीन र युरोपेली संघबीच व्यापाक हित र सहयोगको आवश्कयता छ। चीन र युरोपेली संघबीच विश्वव्यापी विषयहरूमा धेरै सहमति छ। प्रतिस्पर्धभन्दा दुई पक्षको सहयोग अझै ठूलो छ। युरोपेली संघलाई थाहा छ, हालको महामारीको चुनौतीलाई पराजित गर्ने र विश्वको आर्थिक पुनरुत्थानलाई अगाडि बढाउने क्षेत्रमा चीन युरोपेली संघको महत्वपूर्ण साझेदार हो। चीन र युरोपेली संघको सहयोग युगको विकासको प्रवाहसित अनुकूल छ। यो पोम्पेओले हालैका वर्षहरूयता चीन र युरोपेली संघको सम्बन्धको उत्तेजित गर्न विफल भएको मूलभूत कारण हो।

कोरोना भाइरस महामारी भएयता चीन र युरोपेली संघले एक अर्कालाई समर्थन दिएका, एक अर्कालाई मद्दत दिएका छन्। चीनका नेताहरूसँग भिडियो वार्ता गर्दा युरोपेली परिषदका अध्यक्ष चार्ल्स माइकल र युरोपेली संघका अध्यक्ष ऊर्सुला भन डेर लेयनले अन्तर्राष्ट्रिय सहयोग गर्ने मात्र विश्वव्यापी चुनौतीको सामना गर्नसक्ने, युरोपेली संघले चीनसँग रणनैतिक वार्ता गर्ने, सहमतिलाई विस्तार गर्ने, सहयोगलाई बढाउने कुरा बताउनुभएको थियो।

स्थानीय समय जुलाई एक तारिखदेखि युरोपेली संघले केही मुलुकहरूलाई सीमा खोलेका छन् तर नामावलीमा अमेरिका छैन। यो कारण हाल अमेरिकाको महामारी अवस्था सधैं नै गम्भीर भएको हो। यसबाट हेर्दा युरोपेली संघले वास्तविक कारवाहीमार्फत अमेरिकाको महामारीबारे "अविश्वास मतदान"गरेको छ।

जानकारी तथा लेखहरु