फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वीर, पाटन र शिक्षण अस्पतालमा सशुल्क पीसीआर परीक्षण

(GMT+08:00) 2020-07-02 19:05:34

भिसा, निरोगिता प्रमाणपत्र लिन र निजी अस्पतालमा शल्यक्रिया गराउन आउनेले ५ हजार ५ सय रुपैयाँ तिरेर राजधानीका तीन अस्पतालबाट कोरोनाको पीसीआर परीक्षण गराउन थालेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हाल वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा सरकारले नि:शुल्क कोरोना परीक्षण गर्ने मापदण्डमा नपरेकाहरूले ५ हजार ५ सय सय शुल्क तिरेर पीसीआर परीक्षण गराउन पाउने कान्तिपुर अनलाइनले लेखेको छ। तर यी तीनवटै अस्पतालले दैनिक गर्ने कोरोना परीक्षणको अधिकतम २५ प्रतिशतसम्म मात्र सशुल्क परीक्षण गर्न सक्ने प्रावधान छ।

'भिसा लिन, निरोगिता प्रमाणपत्रका लागि र निजी अस्पतालमा शल्यक्रिया गराउनका लागि शुल्क तिरेर यी ३ वटा अस्पतालबाट कोरोना परीक्षण गराउन सक्छन्', उहाँले भन्नुभयो। तर लक्षण नदेखिएका व्यक्तिहरूले भने शुल्क तिरेर कोरोना परीक्षण गराउने बेला नआएको समेत डा.गौतमले बताउनुभयो।

हाल दैनिक २०–२५ जनाले शुल्क तिरेर कोरोना परीक्षण गराइरहेको उल्लेख गर्दै वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरी भन्नुहुन्छ, 'सरकारले तोकेको टेस्ट गर्ने 'क्राइटेरिया' मा परेकाहरूलाई नि:शुल्क गर्छौं भने त्यसबाहेकका लागि मात्र शुल्क लिइन्छ।'११ बजेभित्र नमुना दिनेहरूको त्यही दिन नतिजा आउने, त्यसपछि दिनेहरूको अर्को दिन दिइने उहाँले बताउनुभयो। उहाँका अनुसार हाल वीर अस्पतालमा तीन सिफ्टमा गरी दैनिक करिब १ सय ५० नमुनाको कोरोना परीक्षण हुने गरेको छ।

जानकारी तथा लेखहरु