फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोम्पेओः निदाएका गाडी चालक

(GMT+08:00) 2020-07-05 19:56:49

जुलाई ४ तारिख अमेरिकाको स्वतन्त्रता दिवस हो। अमेरिकाको प्रतिदिनको संक्रमित भएकाहरूको संख्या लगातार तीन दिनसम्म पचास हजारभन्दा बढी पुगेको छ। यसका साथै अमेरिकाका धेरै क्षेत्रहरूमा जातीय भेदभाव र हिंसात्मक कानुनी कार्यान्वयनको विरोधसम्बन्धी गतिविधि चलिरहेका छन्। प्रदर्शनकर्ता र प्रहरीबीचको मुठभेड रोकिएको छैन। अमेरिकी सञ्चार-माध्यमले जनाए झैं अमेरिकाको यस पटकको स्वतन्त्रता दिवस विशेष बनेका कारण सरकारको गलत नीतिसित सम्बन्धित रहेको छ। अमेरिकी इन्टर्नेट प्रयोगकर्ताले पोम्पेओको प्रतिनिधित्वमा रहेका अमेरिकी राजनीतिज्ञहरू"गाडी चलाउँदा सुतेका चालक"हुन् भन्ने बताएका छन्।

अमेरिकाको महामारीको सामना र जातीय भेतभाव समस्यामा पोम्पेओको कुनै पनि योगदान छैन। तर उहाँले चीन विरोधीमार्फत व्यक्तिगत राजनीतिक पूँजी कमाउने कुचेष्ठा गर्नु भएको छ। हाल उहाँले चीनको सत्तारुढ पार्टी र चिनियाँ जनताबीचको सम्बन्धको उत्तेजित गर्नु भएको छ।

विश्वको सबैभन्दा ठूलो सत्तारुढ पार्टीको रुपमा चिनियाँ कम्युनिष्ट पार्टीले करीब सय वर्षको प्रयासमा चिनियाँ जनताको हितको सधैं नै प्रतिनिधित्व र संरक्षण गरिरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीलाई चिनियाँ जनताले विश्वास गरेको छ।

जानकारी तथा लेखहरु