फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना संकट र बाढी पहिरोबारे प्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन

(GMT+08:00) 2020-07-11 20:02:35
प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। उहाँले कोरोना संकट र बाढी पहिरोले देशभर पुर्याएको क्षतिको विषयमा केन्द्रित सम्बोधन गर्नुभएको हो। प्रधानमन्त्रीले महामारी र प्राकृतिक विपद्को समयमा पनि पार्टीभित्र बहस हुनुलाई नियमित मान्न आग्रह गर्नुभयो। उहाँले आपसी छलफलबाटै राजनीतिक समस्याको समाधान हुने उल्लेख गर्नुभयो।

'अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ', प्रधानमन्त्रीले भन्नुभयो, 'आम नेपालीका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ।'

ओलीले आन्तरिक विमतिलाई सामान्य र जनताको जीवन रक्षाको दायित्व ठूलो भएको बताउनुभयो। जनता रोग र भोकबाट जोगाउने दायित्व सरकारको भएको प्रष्ट पार्दै उहाँले भन्नुभयो, 'यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन। मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन।' अन्नपूर्णपोस्ट अनलाइनका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो र सरकारको सारा ध्यान र संम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको पनि दोहोर्याउनुभयो।

जानकारी तथा लेखहरु