फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षा व्यवस्था गरेर अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने पर्यटन व्यवसायीको अनुरोध

(GMT+08:00) 2020-07-11 20:02:57
कोरोनाको सन्त्रास र हवाई उडान स्थगनले गर्दा नेपालमा करिब ४ महिनादेखि विदेशी पर्यटकको आगमन ठप्प छ । यसबाट आहत भएका पर्यटन व्यवसायी सरकारले चाँडो अन्तर्राष्ट्रिय उडान खुलाउने र पर्यटक आउन थाल्ने आशामा छन्। सरकारले सुरक्षा निर्देशिका पालना गर्ने गरी अन्तर्राष्ट्रिय उडान खुलाउने हो भने शरद ऋतुभित्रै करिब २० प्रतिशत पर्यटक नेपाल भ्रमणमा आउने अनुमान व्यवसायीको छ । अहिले विदेशबाट पर्यटकको चासो र सोधखोज विस्तारै शुरु भएको ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले जनाएको छ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले वसन्त ऋतुमा बुकिङ गरेर रद्द भएका पर्यटक नेपाल आउन चाहिरहेको बताउनुभयो। आगामी असोज–कात्तिकमा पूर्ण सुरक्षा प्रवन्ध अपनाएर पर्यटकीय गतिविधि संचालन गर्ने हो भने उनीहरु नेपाल भ्रमणमा आउने उहाँको भनाइ छ। खासगरी पदयात्रा र पर्वतारोहणमा पर्यटकको चासो बढी देखिएको उहाँको भनाइ छ। यसमा समुदायसँग पर्यटक र पर्यटकसँग समुदायसमेत टाढै रहने हुनाले साहसिक पर्यटकहरु नेपाल आउन चाहिरहेको उहाँले बताउनुयभो। नेपालमा शरद ऋतुमा पदयात्राका लागि बढी पर्यटक आउने गर्छन् । वसन्त ऋतुमा भने बढी पर्वतारोहण हुने गर्छ । अनलाइनखबरका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अहिले देशभर ३ हजार ६ सय ८० वटा ट्राभल एजेन्सी छन् । ट्रेकिङ एजेन्सीको संख्या २ हजार ७ सय ८० छ । कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै अहिले यी सबै व्यवसाय ठप्प छन्। टानका अध्यक्ष सुवेदीका अनुसार व्यवसायी 'पर्ख र हेर' को अवस्थामा छन्।

जानकारी तथा लेखहरु