फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना र निर्माण सामग्री अभावमा पनि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य जारी

(GMT+08:00) 2020-07-11 20:03:21
कोरोना कहरले कामदार र निर्माण सामग्री मात्रै होइन, पूँजी जुटाउने समस्याकाबीच पनि चितवन रामपुरमा बन्दै गरेको प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकिएको छैन। सदरमुकाम भरतपुर र चितवनको मुख्य बजार क्षेत्र नारायणगढबाट पश्चिम लागेपछि ८ किलोमिटर दूरी पार गर्दा निर्माणस्थल पुगिन्छ। रामपुर क्याम्पसले परिचित कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गरकोमध्ये २० बिघा जग्गा घेरेर रंगशाला निर्माणको काम अगाडि बढेको छ। निर्माणस्थलको मुख्य गेटबाट छिर्नासाथ देखिन्छ हरियो गोलाकार चौर । यो क्रिकेट खेल्न तयार भएको नमुना मैदान हो।

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाइरहेका हुन्। कान्तिपुर अनलाइनका अनुसार नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता त पायो तर क्रिकेट रंगशालाको अभाव थियो। भूकम्पपछि बस्ती पुनर्निर्माणको अनुभव बटुलेको धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना सार्वजनिक गर्‍यो। फाउन्डेसनले देश विदेशमा रहेका नेपालीसँग सहयोग जुटाएर बस्ती निर्माणको काम गरेको थियो। बढीमा ६ करोड रुपैयाँसम्म खर्च गरेर एकीकृत बस्तीहरू तयार भएका थिए। अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न करोड हैन अर्बौं रुपैयाँ लाग्दछ।

जग्गा उपलब्ध भए एकीकृत बस्ती निर्माण गर्दा सहयोग जुटाएझैं देश–विदेशका नेपालीबाट सहयोग उठाएर रंगशाला बनाउने फाउन्डेसनले घोषणा गर्‍यो। रंगशाला निर्माणका लागि रामपुरमा जग्गा जुट्यो। त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गामा क्रिकेट रंगशाला बन्ने भयो।

विश्वविद्यालयको उत्तर–पश्चिम कुनामा रहेको घोल जग्गामा रंगशाला बनाउन फाउन्डेसनले भरतपुर महानगरपालिकासँग सहमति गरेको हो। उक्त जग्गा त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति तीर्थ खनियाँ र कृषि तथा वनविज्ञान विश्वविद्यालयका तत्कालीन उपकुलपति ईश्वरीप्रसाद ढकालले रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएका हुन्।

२०७५ सालको माघ १६ मा काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको उपस्थितिमा भरतपुर महानगरपालिका र फाउन्डेसनबीच रंगशाला निर्माणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो। भरतपुर महानगरले जग्गा उपलब्ध गराएपछि सहयोग जुटाएर रंगशाला बनाउने अभिभारा फाउन्डेसनले लियो।

जानकारी तथा लेखहरु