फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#नेपालीका आँखामा चीन# हुस्सुले छेकेको र पानीमा नुहाएको ग्रेटवाल

(GMT+08:00) 2020-07-26 22:24:20

लामो इतिहास बोकेको चीन संस्कृति तथा सम्पदा सम्पन्न देश हो। सबैलाई थाहा भएकै कुरा हो,यहाँ आश्चर्यलाग्दो मानवनिर्मित सम्पदा ग्रेटवाल छ। यो ग्रेटवाल प्राचीन मानव सभ्यताको प्रतीक पनि हो। विभिन्न वंशकालमा निर्माण गरिएको यो ग्रेटवाल बोहाइ समुद्रदेखि चीनको उत्तर पश्चिम क्षेत्रसम्म फैलिएको छ।

सन् २०१२मा चीनको राष्ट्रिय सांस्कृतिक पुरातात्विक विभागले सार्वजनिक गरे अनुसार, ग्रेटवालको कुल लम्बाइ २१,१९६.१८ किलोमिटर छ। मानवनिर्मित यस संसारकै लामो पर्खाल ग्रेटवालको विभिन्न ठाउँबाट आरोहण तथा अवलोकन गर्नसकिन्छ तापनि बेइजिङ एउटा उत्तम छनौट हो। तर बेइजिङमा समेत ६,७ वटा ठाउँबाट यसको आरोहण गर्नसकिन्छ। तपाईँले पनि ग्रेटवाल चढ्न बेइजिङसम्मको यात्रा तय गर्नुभएको होला। र विशेषत पातालिङ (बाडालिङ) खण्डको ग्रेटवाल चढ्नुभएको होला।

यो भिडियो बेइजिङस्थित चुयोङक्वान ग्रेटवालको हो। यो ग्रेटवाल पनि चढ्नुभएको छ कि? वर्षाको समयमा हुस्सुले छेकेको र पानीमा नुहाएको चुयोङक्वान ग्रेटवालको भिडियो तपाईँको लागि।

Video By #AjayaAloukik

जानकारी तथा लेखहरु