फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीले केही अमेरिकी शहरहरू अझै प्रभावति हुने अमेरिकी विशेषज्ञको चेतावनी

(GMT+08:00) 2020-08-07 18:19:20
ह्वाइट हाउस नयाँ कोरोना महामारी विशेष कार्य टोलीका संयोजक डा डेबोरा एल. बिर्क्सले अगस्ट ५ मा विभिन्न राज्यका स्थानीय अधिकारीहरूलाई बाल्टिमोर, एटलान्टा, कन्सास सिटी, पोर्टल्याण्ड, ओमाहा र क्यालिफोर्नियाको केन्द्रीय उपत्यकामा अझै महामारी फैलिएको जानकारी दिनुभएको छ। अमेरिकी शीर्ष संक्रामक रोग विशेषज्ञ एन्थोनी एस फौसीले अगष्ट ६ तारिखका दिन महामारीको पुनरागमनले अमेरिकी केही शहरहरूमा "समस्या" हुनेछ भन्नुभयो। उहाँले धेरैले सुरक्षाको लागि ध्यान दिएका छन्, तर मास्क लगाउने र सामाजिक दूरीमा ध्यान नदिने कोही-कोही मानिसहरू अझै पनि संक्रमणको जोखिममा छन्, भन्नुभयो। अगस्त ६ मा अमेरिकी सीएनएनका अनुसार अमेरिकाको वाशिंगटन विश्वविद्यालयका अन्वेषकहरूको भविष्यवाणी अनुसार डिसेम्बर १सम्म अमेरिकामा नयाँ कोरोनाको महामारीबाट हुने मृत्युको संख्या ३ लाख जति हुनसक्छ।
जानकारी तथा लेखहरु