फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ कोरोना खोपको निष्पक्ष वितरणको लागि विश्वव्यापी मतैक्यता चाहिने विश्व स्वस्थ्य संगठनको भनाइ

(GMT+08:00) 2020-08-07 18:28:06

अगस्ट ६ मा, विश्व स्वास्थ्य संगठनले नयाँ कोरोना भाइरस सम्बन्धी नियमित पत्रकार सम्मेलन आयोजना गर्यो। विश्व स्वास्थ्य संगठनका आपतकालीन परियोजनाका प्रमुख माइकल जे रयानले अहिले विश्वमा परीक्षण चरणमा करिब १ सय ६५ वटा खोपहरू छन्, २६ वटा क्लिनिकल परीक्षणमा छन्, ६ वटा तेश्रो क्लिनिकल परीक्षणमा छन् र ती मध्ये तीन वटा खोपहरु चीनबाट आएको बताउनुभयो। उहाँले छोटो अवधिमा यस्ता परिणामहरू प्राप्त गर्न अविश्वसनीय भएको पनि बताउनुभयो।

नियमित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयसुसले खोप अनुसन्धान र विकासलाई तीव्र बनाउँदै गर्दा निष्पक्ष वितरण सुनिश्चित गर्नु आवश्यक भएको ताकि खोप लिन नसक्ने व्यक्तिले पनि खोप लिन पाउन्, तर यसको लागि विश्वव्यापी सहमति आवश्यक छ, भन्नुभयो।

जानकारी तथा लेखहरु