फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ व्यवसायमाथिको दबाव रोक्न चीनद्वारा अमेरिकालाई ताकिता

(GMT+08:00) 2020-08-07 19:12:43

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले गलत गतिविधि सच्याएर आर्थिक समस्यालाई राजनीतिकरण गर्दै चिनियाँ व्यवसायमाथि दबाव बन्द गर्न अमेरिकालाई ताकिता गर्नुभएको छ।

अगष्ट ७ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङले उक्त कुरा बताउनुभएको हो। प्राप्त समाचार अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ तारिख कार्यकारी आदेशमा हस्ताक्षर गरी टिकटक र वीच्याटले अमेरिकी राष्ट्रिय सुरक्षामा क्षति पुर्याएकोले ४५ दिनपछि सबै अमेरिकी व्यक्ति वा एकाइले टिकटक, विच्याट र त्यसका अभिभावक कम्पनीसँग कारोवार गर्न निषेध हुने बताउनुभयो।

त्यसको प्रतिकृया दिँदै प्रवक्ता वाङले अमेरिकाले राष्ट्रिय सुरक्षाको निहुँ खोजेर राष्ट्रिय शक्तिको दुरूपयोग गरी गैर-अमेरिकी व्यवसायमाथि अनुचित दमनको बदमास गतिविधिमाथि चीनले कडा विरोध गरेको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु