फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा "१४औं पञ्चवर्षीय योजना"को तयारीबारे महत्वपूर्ण निर्देशन

(GMT+08:00) 2020-08-07 19:13:07

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै १४औं पञ्चवर्षीय योजनाको तयारीसम्बन्धी महत्वपूर्ण निर्देशनहरू जारी गर्नुभयो।

उहाँले राष्ट्रिय आर्थिक र सामाजिक विकासको लागि पञ्चवर्षीय योजनाको तर्जुमा र कार्यान्वयन पार्टीको शासनका लागि महत्वपूर्ण तरिका भएकोमा जोड दिनुभयो। उहाँले पञ्चवर्षीय योजनाको निर्माणमा आर्थिक र सामाजिक विकासका सबै पक्ष समावेश रहेको र जनताको उत्पादन तथा जीवनसँग निकटको सम्बन्ध रहेको बताउनुभयो। उहाँले "१४औं पञ्चवर्षीय योजना" को लागि विभिन्न तरिकाहरूमा सल्लाह र सुझावहरू प्रदान गर्न व्यक्ति र समुदायका व्यापक समुदायलाई प्रोत्साहन दिनुभयो।

चीनले सन् २०२१ मा "१४औं पञ्चवर्षीय योजना" लागू गर्न थाल्नेछ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले हाल "१४औं पञ्चवर्षीय योजना" अवधिमा आर्थिक र सामाजिक विकासका लागि प्रस्ताव बनाउने योजना गरिरहेको छ।

जानकारी तथा लेखहरु