फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तातोपानी नाका र रसुवागढी नाका नखुलेकाले भारतको बाटोबाट आयात

(GMT+08:00) 2020-09-17 18:26:43

कोरोना संक्रमणका कारण चीनतर्फको नाका आठ महिनादेखि बन्द अवस्थामा रहेकाले गत माघमा नै आउनुपर्ने करिब १ हजार कन्टेनर थुप्रिएर बसेका छन्। नाका सुचारु हुने आशामा व्यवसायीले थप सामानहरु पनि सोही नाका हुँदै ल्याउने प्रयत्न गरे। केही दिन नाका सुचारु पनि भयो तर पुनः बन्द भयो। नाकामा नै आइसकेको सामान, जो दशैँको लागि केन्द्रित थियो अब तत्काल आउन कठिन देखिएको व्यवसायीहरुको गुनासो छ। व्यवसायीहरुले नाकामै आइपुगेको सामान फेरि चीनबाट भारत हुँदै नेपाल भित्र्याउन बाध्य भएका छन्। ती सामानमा धेरै अटोको पाटपुर्जा रहेको व्यवसायीहरुको भनाई छ। नेपालमा चीनमा नै निर्मित मोटरसाइकलहरु पनि आयात हुने गर्छन्। साथै धेरै ब्राण्डका पाटपुर्जाहरु पनि आयात हुने गरेको नेपालखबर अनलाइनमा खबर छ।

नेपालमा गाडी, मोटरसाइकलहरु सबै भन्दा धेरै बिक्री हुने समय भनेको नै दशैँको अवसर हो। त्यसकारणले पनि उनीहरु नाका सुचारु हुने पर्खाइमा नबसेर भारत हुँदै सामान आयात गर्न बाध्य भएका हुन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघले चीनसँगका नाका सुचारु गर्न दबाव दिइरहेको जनाएको छ। तर आश्वासन मात्रै पाएको व्यवसायी बताउँछन्। महासंघका अध्यक्ष नरेश कटुवालले १० महिना बित्दासमेत पहल तथा सहजीकरण केही नगरेको गुनासो गर्नुभयो। व्यवसायीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत आफ्नो समस्या राखिसकेका छन्। व्यवसायीहरुको गुनासोको बारेमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीहरुले राखेका माग जायज बताउनुभयो। केरुङ र तातोपानीमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले कुटनीतिक पहल गरिसकेको जनाएको छ।

जानकारी तथा लेखहरु