फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना नियन्त्रणमा सरकारले उत्साहजनक काम गरेको नेपालका प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2020-09-19 16:54:41

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको काम उत्साहजनक भएको दावी गर्नु भएको छ। संविधान दिवसका अवसरमा शनिबार बिहान सै‌निक मञ्‍चमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम उराठलाग्दो नभई उत्साहजनक रहेको बताउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

कोरोनाको महामारी रोक्न सरकार अफसल भएको र सरकारले यसबारे प्रभावकारी कदम चनल्न नसेको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। 'डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन्', उहाँले भन्नुभयो, 'कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक छ।'

प्रधानमन्त्री ओलीले कोरोनाको महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको बताउनुभयो। उहाँले कोरोनाको महामारी पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताउँदै विकासको गति केही सुस्त भए पनि नरोकिएको बताउनुभयो। उहाँले महामारीको अवस्था नआएको भए अघिल्लो वर्ष गरेका प्रतिबद्धता पूरा गर्न सक्ने अवस्थामा सरकार रहेको दावी समेत गर्नुभयो।

प्रधानमन्त्री ओलीले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त भएको बताउँदै अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको बताउनुभयो। उहाँले भ्रष्टचारीका विरुद्ध बोल्दा मुखमा पानी नहाल्ने बताउनुभयो।'मैले पटकपटक भन्दै आएको छु, 'भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ', उहाँले भन्नुभयो।

जानकारी तथा लेखहरु