फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२२औं चीन अन्तर्राष्ट्रिय उद्योग एक्स्पो सम्पन्न

(GMT+08:00) 2020-09-20 15:55:01

पाँच दिने २२औं चीन अन्तर्राष्ट्रिय उद्योग एक्स्पो हिजो १९ तारिख शाङ्गहाइको राष्ट्रिय प्रदर्शनी केन्द्रमा सफलताका साथ सम्पन्न भयो। यस वर्ष महामारीको रोकथाम तथा नियन्त्रण सामान्य बन्दै गएको अवस्थामा आयोजना भएको पहिलो राष्ट्रिय स्तरको उद्योग एक्स्पोले "पारस्परिक सम्पर्क — स्रोत उद्योगको नयाँ विकास"भन्ने मुख्य नारा तय गरिएको थियो। जम्मा गरी ९ विशेष प्रदर्शनीले सारा विश्वका २२ मुलुक तथा क्षेत्रका २ हजार २ सय ३८ प्रदर्शकहरुलाई आकर्षित गरेको छ।

यस एक्स्पोले सार्वजनिक गरेको नयाँ उत्पादन वस्तुहरुमध्ये विदेशी ब्रांड होस् वा घरेलू उपकरण होस्, सबै वस्तुको अनुसन्धान तथा विकास र विनिर्माण स्वदेशतर्फ हस्तान्तरण गर्दै आएको देखिन्छ। स्नाइडर इलेक्ट्रिकका वरिष्ठ उपाध्यक्ष फाङ सिङ च्यानले यसरी भन्नुभयो:'सन् २०२० महामारीबाट प्रभावित भएर अन्तर्राष्ट्रिय समाज र आर्थिक परिस्थितिका सामु धेरै चुनौती देखापरेको छ। अनिश्चित भविष्य उन्मुख हामीले नयाँ अनुप्रयोगलाई चीनमा भित्र्याउने आशा लिएका छौं।'

यो एक्स्पो आशा र नवीनता सिर्जना गर्ने एक्स्पो हो भने यसले स्वदेशी तथा विदेशी विनिर्माण उद्योगबीचको साझा विकासलाई प्रवर्द्धन गर्ने छ।

जानकारी तथा लेखहरु