फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानव जातिको भाग्य समुदायको रचना गर्ने सीचको विचार

(GMT+08:00) 2020-09-20 19:49:08

चीनको परराष्ट्रमन्त्रालयका अनुसार, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघ स्थापना भएको ७५औँ वार्षिकोत्सवका अनेकौँ उच्च स्तरीय सम्मेलनमा सहभागिता जनाउनुका साथै महत्वपूर्ण भाषण पनि दिनुहुनेछ। पाँच वर्षअघि संयुक्त राष्ट्र संघ स्थापना भएको ७०औँ वार्षिकोत्सवको शिखर सम्मेलनमा सी चिनफिङले मानव जातिको भाग्य समुदायको रचना गर्ने भाषण गर्नुभई चीनको योजना देखाउनुभएको थियो।

त्यसपछिका विभिन्न अन्तर्राष्ट्रिय अवसरमा सीले मानव जातिको भाग्य समुदायबारे व्याख्या गर्नुभएको छ।

सन् २०१५को सेप्टेम्बर सी चिनफिङले संयुक्त राष्ट्र संघ स्थापना भएको ७०औँ वार्षिकोत्सवको शिखर सम्मेलनमा सम्बोधन गर्दै विश्वमा 'थुसाइडाइड ट्रयाप' छैन तर ठूला देशबीच रणनीतिक गल्ती निरन्तर देखियो भने आफूलाई थुसाइडाइड ट्रयाप लगाउनसकिने उल्लेख गर्नुभयो।

सोही वर्षको सेप्टेम्बर २९ तारिख ७०औ संयुक्त राष्ट्र संघीय महाधिवेशनको सामान्य बहसमा भाषण दिँदै सी चिनफिङले वर्तमान विश्वका विभिन्न मुलुकबीच आपसी निर्भरता हुन्छ र विभिन्न पक्षले सहयोग गरी साझा फाइदायुक्त नयाँ ढाँचाका अन्तर्राष्ट्रिय सम्बन्धको रचना गरी मानव जातिको भाग्य समुदायको निर्माण गर्नुपर्ने दोहोर्याउनुभयो।

दुई वर्षपछि सी चिनफिङले जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा मानव जातिको भाग्य समुदाय शीर्षकको सम्बोधन गर्नुभएको थियो। सो अवसरमा उहाँले देशहरूबीच वार्ता गर्ने तर द्वन्द्व नगर्ने र साझेदारी गर्ने तर गठबन्धन नगर्ने साझेदारी सम्बन्धको रचना गरेमा थुसाइडाइड ट्रयाप बेवास्ता गर्न सकिने कुरामा जोड दिनुभयो।

सन् २०१७को दाभोस मञ्चमा सीले चीनको आर्थिक विकास गर्न विश्व बजारको समुद्रमा पौडी खेल्नुपर्छ नत्र भविष्यको कुनै दिन पक्कै समुद्रमा डुबेर मर्ने प्रकट गर्नुभयो।

मानव जातिको भाग्य समुदाय विभिन्न युगका मानिसले लगातार प्रयास गरेपछि मात्र व्यवाहारमा उतार्न सकिन्छ। चीनले विभिन्न पक्षसँग सहयोग गरी त्यसको पालना गर्न प्रयास गर्ने को पालना गर्न प्रयास गर्ने इच्छा लिएको छ।

जानकारी तथा लेखहरु