फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# सुरक्षित र प्रभावकारी कोरोना भाइरस खोप कहिले आउँछ

(GMT+08:00) 2020-09-21 10:51:01

कोभिड-१९ (कोरोना भाइरस) विश्वमा फैलिँदै गएको पृष्ठभूमिमा सबैले भाइरसको प्रतिरोध गर्नसक्ने खोपमा आशा राखेका छन्। हालसम्म विश्वका विभिन्न मुलुकले सयौंको संख्यामा कोरोना भाइरस खोपको अध्ययन गरिरहेका छन्, यी मध्ये नौ किसिमका खोपले तेस्रो चरणको क्लिनिकल परीक्षण पार गरिसकेका छन् जसमध्ये चार वटा चिनियाँ कम्पनीका छन्। बताएअनुसार, चीन लगायत १२५ वटा मुलुकका ३१ हजार स्वयंसेवकले चिनियाँ खोपको क्लिनिकल परीक्षणमा भाग लिएका थिए। सबै स्वयंसेवकमा सफल रूपमा एन्टिबडी उत्पन्न भएको परीक्षण नतीजाबाट देखाइएको छ। खोप लगाएपछि स्वयंसेवकमा कुनै पनि गम्भीर नकारात्मक असर उत्पन्न भएको थिएन, थकित देखिने, टाउको दुख्ने मात्रै सामान्य शारिरीक प्रतिकृया उत्पन्न भएको थियो।

युरोपेली मुलुकले पनि जोडतोडसँग खोपको अध्ययनमा काम गरिरहेका छन्। जर्मनीको एउटा खोप अध्ययन प्रतिष्ठानका प्रमुखले सेप्टेम्बर १५ तारिख जानकारी दिँदै जर्मनीको पहिलो कोरोना भाइरस खोप यस वर्षको अन्त्यमा वा आगामी वर्षको आरम्भमा उत्पादनका लागि अनुमोदन पाउने बताउनुभएको छ। यस वर्षको मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीको एउटा खोप अध्ययन कम्पनीलाई किनेर अध्ययन विभागलाई अमेरिकामा सारी विशेष गरी अमेरिकाका लागि खोपको अध्ययन गर्ने प्रस्तावको प्रस्तुत गर्नुभएको छ। तर उक्त कम्पनीले अस्वीकार गरेको छ।

अर्को ध्यानाकर्षित भएको भनेको खोप अध्ययन मुलुक बेलायतको एस्ट्राजेनेका कम्पनीले अध्ययन गरेको कोरोना भाइरस खोपको तेस्रो चरणका स्वयंसेवकमा गम्भीर नकारात्मक प्रतिकृया उत्पन्न हुनु हो, जसकारण अस्थायी रूपमा परीक्षण स्थगित गरिएको थियो।

संयुक्त अरब ईमिरेट्सका स्वास्थ्य तथा रोग प्रतिरोध मन्त्री अब्दुल रहमान अलोवाइसले राष्ट्रिय पत्रकार सम्मेलनमा चिनियाँ खोप प्रभावकारी हुनुका साथै सुरक्षित तथा शारिरीक स्वास्थ्यमा ठूलो प्रभाव नपार्ने भएकोले चिनियाँ खोपमाथि ठूलो विश्वास रहेको बताउनुभएको छ। संयुक्त अरब ईमिरेट्स सरकारले चिनियाँ खोपको प्रयोग गर्न अनुमोदन गरेको थियो। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले हालै सर्वप्रथम चिनियाँ र रूसी खोप लिने बताउनुभएको छ। उहाँका अनुसार, खोप किन्ने र रकम तिर्ने काममा चीनले अझ बढी सुविधा प्रदान दिने छ। पश्चिमी मुलुकका औषधी व्यवसायले पैसालाई मात्र ध्यान दिने भन्दै राष्ट्रपति दुतेर्तेले दोषारोपन गर्दै चीनसँग कारोबार गरेमा भीख माग्ने नपर्ने औंल्याउनुभएको छ। इन्डोनेसिया सरकारले पनि आगामी वर्षको आरम्भमा चिनियाँ खोपको संचालनका लागि अनुमोदन गरेको छ।

चिनियाँ रोग नियन्त्रण केन्द्रका विशेषज्ञ वु क्वी चनले सेप्टेम्बर १४ तारिख अन्तर्वार्ता दिँदै नोभेम्बरबाट चिनियाँ खोप सर्वसाधारणलाई प्रदान गर्ने व्यक्त गर्नुभएको छ। विभिन्न मुलुकले खोप ठूलो परिमाणमा उत्पादन गरेपछि खोपको श्रेष्ठता र बेफाइदा देखिने छ। विभिन्न मुलुकले आफ्ना जनताको स्वास्थ्यका लागि सबैभन्दा उत्तम छनौट गर्ने छन्।

जानकारी तथा लेखहरु