फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पाकिस्तान आर्थिक कोरिडोरको लाहोर रेल यातायात परियोजना औपचारिक रुपमा सञ्चालनमा

(GMT+08:00) 2020-10-26 18:44:11
चिनियाँ व्यवसायको निर्माणमा पाकिस्तान लाहोर रेल यातायात परियोजनाले हिजो २५ तारिख अनलाइन मार्फत सञ्चालनको शुरुवात समारोहको आयोजना गरेको छ। जसबाट पाकिस्तान "सबवे युग"मा प्रवेश गरेको अभिव्यक्त भएको छ।

पंजाबका मुख्यमन्त्री सर्दार उस्मान बुज्दारले उक्त समारोहमा सम्बोधन गर्दै यस परियोजना वर्तमान सम्पूर्ण दक्षिण एशियाली क्षेत्रको सबैभन्दा उन्नत शहरी रेल परियोजनाहरुमध्ये एक भएको बताउनुभयो। यस परियोजनाको सञ्चालनले लाहोरको शहरीकरण स्तरलाई उकासेको छ भने स्थानीय बासिन्दाको आधुनिक,उच्च प्रभावकारी,वातावरणको संरक्षण,सुरक्षाको यातायात सेवा प्रदान गर्ने उहाँको भनाइ छ।

लाहोरका लागि चिनियाँ कन्सुल जनरल लुङ तिङ पिनका अनुसार यस परियोजना नै चीन-पाकिस्तान आर्थिक कोरिडोरको अर्को ठूलो उपलब्धि हो जसले नयाँ युगमा चीन र पाकिस्तानबीचको मित्रता र सहयोगका लागि अझ बढी भावार्थ थपेको छ।

जानकारी तथा लेखहरु