फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हरेक दिन तीन लाख सुख्खा रोटीको उत्पादनबाट समृद्धितर्फ उन्मुख

(GMT+08:00) 2020-10-26 18:47:17

सिन्च्याङ युग्युर स्वायत्त प्रदेशमा सुख्खा रोटी अर्थात् नाङ्ग एक आवश्यक खानेकुरा हो। सिन्च्याङ्गको का श जिल्लामा पर्ने नाङ्ग साँस्कृतिक उद्योग पार्कमा १२६ किसिम नाङ्गको उत्पादन गरिन्छ भने प्रतिदिनको उत्पादन मात्रा तीन लाख रहेको छ।

यस उद्योग पार्कले नाङ्ग सँस्कृतिलाई आधारको रुपमा लिँदै "नाङ्ग उत्पादन+प्राविधिक तालिम+गरिबी निवारण र रोजगार+पर्यटन"भन्ने विकास शैली लागू गरेको छ। विशेषतायुक्त उद्योग र पर्यटनको प्रवर्द्धनमार्फत स्थानीय बासिन्दाको आय बढाएको देखिन्छ। यस पार्कका १२ सय कर्मचारीहरुमध्येका ६९६ जना गरिब जनता हाल सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएका छन्।

पर्यटकले यस उद्योग पार्कमा नाङ्ग बनाउने तरीकाको खास जानकारी लिनुका साथै आफ्नो हातले नाङ्ग बनाउनसक्छन्। यस पार्कले सिन्च्याङ्ग कृषि विश्वविद्यालयको खाद्य र औषधि अनुसन्धान विभागसँग संयुक्त प्रयोगशाला स्थापना गर्दै सिन्च्याङ्गको बाहिरी क्षेत्रमा बिक्रीका लागि उपयुक्त नाङ्गको अनुसन्धान गरेका छन्।

जानकारी तथा लेखहरु