फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्वारा बोलिभियाका नव नियुक्त राष्ट्रपतिलाई बधाई सन्देश

(GMT+08:00) 2020-10-26 18:47:43

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बोलिभियाका नव नियुक्त राष्ट्राध्यक्ष लुइस अल्बेर्टो अर्सलाई बधाई सन्देश पठाउनुभएको छ। उहाँका अनुसार चीन र बोलिभिया असल मित्र तथा साझेदार हुन्। हाल केही वर्षयता यी दुबै मुलुकबीचको सम्बन्ध राम्रो प्रवृत्तिमा विकसित भैरहेको छ। विशेष गरी सन्२०१८ आपसमा रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएदेखि यी दुवै मुलुकले विभिन्न क्षेत्रमा अझ घनिष्ट सहयोग गर्दै वास्तविक लाभ सिर्जना गरेका छन्। चीनले बोलिभियासँगको रणनीतिक साझेदारी सम्बन्धको विकासलाई जोड दिँदै बोलिभियासँग आपसी रणनीतिक साझेदारी सम्बन्धलाई प्रवर्द्धन गर्दै जाने आशा गरेको छ। राष्ट्राध्यक्ष लुइस अलबर्टो अर्सको नेतृत्वमा बोलिभियाको सरकार र जनताले राष्ट्रिय निर्माण कार्यमा अझ ठूलो उपलब्धि सिर्जना गर्ने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

जानकारी तथा लेखहरु