फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बेल्ट एण्ड रोड"लाई बदनाम गर्ने अमेरिकी राजनीतिज्ञ सफल हुने छैनन्

(GMT+08:00) 2020-10-26 20:12:58

 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले २० तारिखदेखि भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमण गर्ने छन्। धेरै विश्लेषकहरू यी देशहरुलाई अमेरिकासँग चीन विरूद्ध लडाउने अभिमत सिर्जना गर्नु नै भ्रमणको मुख्य उद्देश्य भएको विश्वास गर्छन्। पोम्पेओले हालसालै धेरै अन्तर्राष्ट्रिय अवसरहरुमा चीनमाथि हमला गरी बदनाम गर्दै आएका छन्। खासगरी "बेल्ट एण्ड रोड" पहलले चीनसँग सहकार्य गर्नखोज्ने देशहरुलाई रोक्न खोज्ने, "ऋणको जाल" भन्ने झुट फैलाउन जारी राखेबाट अन्तर्राष्ट्रिय समुदायको व्यापक असन्तुष्टि छर्लङ्ग भैसकेको छ।

"बेल्ट एण्ड रोड" पहल एक वैश्विक सार्वजनिक उत्पादन हो जुन चीनले अन्तर्राष्ट्रिय समुदायलाई प्रदान गरेको हो। यस वर्षको मेसम्म १३८ देश र ३० अन्तर्राष्ट्रिय संस्थाहरूले चीनसँग "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणमा २०० सहयोग सहयोग सम्बन्धी कागजातमा हस्ताक्षर गरेका छन्।

पोम्पेओको भर्खरको युरोप भ्रमण र धेरै अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिइरहेको बेला बारम्बार सम्बन्धित देशहरूलाई धम्काउँदै भने कि चीनले ऋण प्रयोग गरेर "बेल्ट एण्ड रोड"को किनारमा देशहरूको ऋण स्तर झन् बढाएको छ। तर यी निन्दायोग्य शब्दहरूको सम्बन्धित देशहरूले दृढ रूपमा खण्डन गरेका छन्।

के "बेल्ट एण्ड रोड"का सहभागी देशहरू तथाकथित "ऋण जाल" मा परेको छ? तथ्यहरू सबै भन्दा राम्रा प्रमाण हुन्। सन् २०१३मा यस पहललाई प्रस्तुत गरिएदेखि चीनले विकासशील देशहरूलाई आपसी सम्मान र पारस्परिक फाइदाको आधारमा सदैव सहयोग पुर्‍याएको छ र यसको क्षमता भित्र कुनै राजनैतिक सर्त विना सहयोग पुर्‍याएको छ जसले प्रभावकारी रूपमा स्थानीय आर्थिक र सामाजिक विकास र जनताको आजीविकालाई प्रवर्द्धन गरेको छ। सबै क्षेत्रहरूले यो पहललाई व्यापक स्वागत गरेका छन्।

सम्बन्धित तथ्यांकले देखाउँदछ कि सम्बन्धित क्षेत्रहरू र देशहरूको ऋणमध्ये चीनको परियोजना ऋण एकदम थोरै अनुपात हो। चीनसँगको सहयोगका कारण कुनै देश कथित "ऋणको जाल"मा पर्नुपरेको छैन।

जानकारी तथा लेखहरु