फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा आजदेखि शुरू अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल अतिथि मुलुक

(GMT+08:00) 2020-10-27 16:06:29

चीनको राजधानी पैचिङमा आजदेखि शुरू भएको १० दिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल विशेष अतिथि अर्थात् थिम कन्ट्रीको रुपमा सहभागी भएको छ।

साइनो नेपाल मिडिया सोसाइटीले विश्व सम्पदामा सूचीकृत नेपालका चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जका गरी ५० वटा फोटो प्रदर्शनीमा राखिएको जनाएको छ। बीआरआई विश्व प्राकृतिक सम्पदा अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालय र पैचिङ नगरपालिका सरकारले संयुक्त रुपमा आयोजना गरेका हुन्।

पैचिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले प्रदर्शनी नेपाल बुझ्ने झ्याल भएको बताउँदै कोरोना भाइरसपछि नेपाल भ्रमण गर्न इच्छुक चिनियाँ पर्यटकलाई नेपालबारे बुझ्न टेवा पुग्ने बताउनुभयो। प्रदर्शनीले नेपालको पर्यटनबारे भरपूर जानकारी गराउने उहाँको विश्वास थियो।

प्रदर्शनीमा राखिएका हरेक फोटोमा चिनियाँ र नेपाली भाषामा जानकारी उल्लेख गरिएको छ। प्राकृतिक सम्पदाका व्यावसायिक फोटोग्राफर नारायण रिजाल, कोमल भागत, आशिष गुरुङ्, आङ्रिता शेर्पा, वेदकुमार ढकाल, सागर गिरी, बाबुराम लामिछाने लगायतको फोटोहरू समावेश गरिएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले जानकारी दिनुभयो।

प्रदर्शनी १० दिनसम्म चल्नेछ।

जानकारी तथा लेखहरु