फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वनरक्षक दावाको कथा

(GMT+08:00) 2015-09-01 20:27:28

तिब्बती न्यीङ्गचि शहरीय बोमे जिल्लामा एउटा घाटी राष्टिय प्राकृतिक संरक्षण क्षेत्र छ। त्यहाँ वन श्रोत प्रशस्त छ। 79 वर्षे दावा र उहाँको परिवार बोमे जिल्ला गु बस्ति बाघा गाउँको घाटीमा पर्ने एउटा काठद्वारा निर्मित-आवासमा बस्नुहुन्छ। उमेरका कारणले दावाले कृषि कार्य गर्न नसके तापनि हरेक दिन उहाँ गाउँमा एक-दुई पटक घुम्नुहुन्छ। कुनै मान्छेले अवैध रुपमा वनस्पति काट्ने वा जंगली जनावरको अवैध चोरी शिकार गरिरहेको छ कि भनेर गस्ती गर्नुहुन्छ। यो करिब बीस वर्षदेखि उहाँको चल्दै आएको बानी हो। सन् 1991 मा दावाले सक्रिय रुपमा वनरक्षक बन्ने आवेदन पेश गर्नुभएको थियो।

पर्यटनका कारण गाउँ धनी भएका परिवारहरुको तुलनामा दावाको काठ-आवास सरल र कच्चा देखिन्छ। तर गाउँमा सबैभन्दा पुराना वन रक्षकको नाम लिँदा सबै गाउँलेले दावाको सम्मान गर्दछन्। अर्का वन रक्षक कर्माले यसरी मूल्यांकन गर्नुभयो—

उहाँप्रतिको हाम्रो मूल्याकन निकै उच्च छ। दावाले बीस वर्षसम्म वनरक्षक भएर काम गरेकाले लामो अनुभव पनि बटुल्नुभएको छ। वनस्पतिको रक्षा र आफ्नो जन्मथलोको रक्षामा हामीले उहाँबाट धेरै कुरा सिकेका छौं।

भूगोल र मौसमको कारणले तिब्बतको दक्षिण-पूर्वी क्षेत्रमा पर्ने बोमे जिल्ला वनस्पतिका लागि निकै राम्रो मानिन्छ। सन् 2000 मा चिनियाँ राज्य परिषदले यार्लुङ्ग चाङ्गबु घाटि राष्ट्रिय संरक्षण क्षेत्रको स्थापना गर्ने निर्णयलाई पारित गरेको थियो। बोमे जिल्लामा रहेको वनस्पति सुरक्षा क्षेत्रमा समेटिएको छ। हाल प्रसिद्ध पर्यटकीय दृश्य क्षेत्र भएको त्यो वनस्पतिले बाघा गाउँलेहरुलाई धेरै सम्पदा प्रदान गरेको छ। यो गाउँमा प्रति व्यक्तिको वार्षिक सरदर आम्दानी 14 हजार चिनियाँ युआन पुगेर राष्ट्रिय गाउँको सरदर स्तरभन्दा बढी भएको स्थानीय अधिकारीले चर्चा गरेका छन्।

सन् 2004देखि चिनियाँ राज्य परिषदले सार्वजनिक रुपमा वनस्पतिको निर्माण योजना सुरु गरेको हो। यो योजनाअनुसार, वनको क्षतिपूर्ति Compensatory पाएका सबै गाउँले रक्षक बनेका छन्। दावाको ठूलो योगदानको प्रशंसा गर्न राष्ट्रिय वन व्यूरोले दावालाई "राष्ट्रिय उत्कृष्ट वन रक्षक"को पुरस्कार पनि दिएको छ।

एकपटक वनमा गस्ती गर्दै गर्दा घाइते भएका हुनाले हाल दावाको स्वास्थ्य स्थिति त्यति राम्रो छैन। तर फुर्सदको समयमा उहाँले सधैं आवासअगाडिका वनस्पतिमाथि नजर पुर्‍याउनुहुन्छ।

वन रक्षा गर्नुको उद्देश्य बाढी पहिरो आदि प्राकृतिक प्रकोपको प्रतिरक्षा गर्नु हो। सन्तान र भविष्यमा देशको विकासका लागि वनको रक्षा गर्नुपर्ने दावाले बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ