फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन सात दिनसम्म चल्ने

(GMT+08:00) 2017-10-17 19:29:11

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन 18 तारिखदेखि 24सम्म पैचिङ्गमा आयोजना हुनेछ। महाधिवेशनको अवधि सात दिनको हुनेछ। महाधिवेशनमा पार्टी विधान संशोधन लगायत पाँच मुख्य विषयवस्तु रहने छन्।

17 तारिख दिउँसो जनवृहत सभा भवनमा आयोजित पहिलो पत्रकार सम्मेलनमा महाधिवेशनका प्रवक्ता थो चनले उक्त जानकारी दिनुभएको हो।

पार्टी विधान संशोधन 19औं महाधिवेशनको महत्वपूर्ण कार्यसूची हो। पार्टी विधानको संशोधन चिनियाँ कम्युनिष्ट पार्टीको नियम भएको प्रवक्ता थोले चर्चा गर्नुभयो।

19औं महाधिवेशन प्रतिनिधिको योग्यता छानबीन समितिकाअनुसार, 2 हजार 2 सय 80 जना प्रतिनिधिको योग्यताबारे निश्चित गरिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु