फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशन शुरु

(GMT+08:00) 2017-10-18 09:36:58

चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशन अक्टोबर अठार तारिख बिहान पैचिङमा शुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तर्फबाट महाधिवेशनसमक्ष प्रतिवेदन पेश गर्दै चीनको भावी विकास योजनाका लागि समष्टिगत रुपमा निर्देशन दिनुभएको छ।

19औँ महाधिवेशनमा सहभागी हुनका लागि चिनियाँ कम्युनिष्ट पार्टीका आठ करोड नब्बे लाखभन्दा बढी पार्टी सदस्यहरुमध्ये दुई हजारभन्दा बढी प्रतिनिधिहरू निर्वाचित भएका छन। उहाँहरुले महासचिव सी चिन फिङले पेश गर्नुभएको प्रतिवेदन र गत केन्द्रीय अनुशासन निगरानी समितिको कार्य-प्रतिवेदनको लेखाजोखा गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको विधानको लेखाजोखा गर्ने र नयाँ केन्द्रीय समिति र केन्द्रीय अनुशासन निगरानी समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी चीनको सत्तारुढ पार्टी हो। यो विश्वको सबैभन्दा ठूलो राजनीतिक पार्टी पनि हो। चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन प्रत्येक पाँच वर्षमा एक चोटी आयोजना गरिन्छ। राष्ट्रिय महाधिवेशन र त्यसबाट निर्वाचित हुने केन्द्रीय समिति चीनको सर्वोच्च नेतृत्व-संस्था हो।

जानकारी तथा लेखहरु