फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको तयारी पूरा

(GMT+08:00) 2018-11-04 16:11:43

प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ तारिखदेखि १० सम्म शाङ्गहाईमा आयोजना हुँदैछ। प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी चिनफिङ सहभागी भएर सम्बोधन गर्नुहुनेछ। सो अवसरमा लगभग १ सय ५० मुलुक तथा क्षेत्रका राष्ट्रनायक, उद्योग तथा वाणिज्य क्षेत्रका गन्यमान्य व्यक्ति र अन्तर्राष्ट्रिय संस्थाका जिम्मेवार व्यक्तिहरु पनि समारोहमा सहभागी हुनुहुनेछ। पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको तयारी कार्य पूरा भएको छ।

नेपाली सञ्चार माध्यमबाट प्राप्त जानकारीअनुसार, चीन सरकारले निःशुल्क रूपमा उपलव्ध गराएको कन्ट्री पेभिलियनमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल लगानी बोर्ड, नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रका व्यावसायिक संस्थाहरू, नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, फेयर ट्रेड ग्रुप, नेपाल मार्केटिङ इन्टरनेसनलको सहभागिता रहने छ।

प्रदर्शनीमा नेपालका प्रमुख निकासीयोग्य वस्तुहरू गलैंचा, धातु, काष्ठ, पत्थरका मूर्ति, थाङ्का, नेपाली गरगहना, ऊनीजन्य वस्तु, नेपाली हाते कागजका सामान, पस्मिनाका सामान, नेपाली हस्तकलाका सामान, चिया, सेरामिक्सका सामान राखिने भएको छ। नेपाली निकासिकर्ता र चीनका आयकर्ताबीच व्यावसायिक छलफल पनि हुने भएको छ।

आज आइतबारदेखि एक्स्पोको मिडिया सेन्टर पनि संचालनमा आएको छ। मिडिया सेन्टरका अनुसार ६५ वटा मुलुक तथा क्षेत्रका ६३० संचारमाध्यमबाट चार हजार एक सय पत्रकारहरु एक्स्पोमा भेला भएका छन्।

ललिता, सीआरआइ, शाङहाई

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु