फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दाँतको वारेमा चर्चा

(GMT+08:00) 2019-01-21 14:47:08

स्वास्थ्यले गर्दा मानिसको सौन्दर्यतामा धेरै परिवर्तन ल्याउँछ। यस्तै गरि हाम्रो दाँत तथा गिजा स्वस्थ भएमा हाम्रो सौन्दर्यतालाई धेरै फाइदा हुन्छ। आधुनिक समाजमा मिठो मुस्कान सुन्दरताको प्रतीक मानिन्छ। यति मात्र नभइ आकर्षक व्यक्तित्वमा पनि मुसकानको महत्वपूर्ण योगदान हुन्छ।

सुन्दर एवं स्वस्थ दाँत र गिजाले मुस्कानलाई आकर्षक र मोहक बनाउँछ। अतः दाँत र गिजाको विशेष हेरचार र केही प्रकारको समस्या भएको खण्डमा दन्त-चिकित्सक कहाँ गइ नियमित रुपमा जाँच गराउनु आवश्यक हुन्छ। ध्यान दिनु पर्ने कुरा के छ भने, टेढो-मेढो वा कुनै अरु प्रकारको नराम्रो खाले दाँत वा गिजा छ भने दन्त-चिकित्सकले उपचार गरि सुन्दर तथा आकर्षक बनाइदिन सक्छ।

सबै भन्दा पहिला कुरा गरौं गिजाको। स्वस्थ गिजा मुस्कानलाई आकर्षक बनाउँछ। यदि गिजाबाट रक्त स्राव हुन थालेमा यो टारटर जमेर तथा जीवाणुहरुको कारण गिजामा हुने रोगको संकेत हो। यस्तोमा दन्त-चिकित्सकबाट उपचार र स्केलिंग यानिकी नियमित सफाई गराउन अत्यन्त जरुरी छ। अन्यथा संक्रमण भई हड्डीसम्म पुग्ने खतरा हुन्छ। याद गर्नुहोला स्वस्थ गिजाले नै दाँतलाई बलियो बनाउँछ।

यदि तपाईँ आफ्नो दाँतको बनावत अथवा आकारबाट सन्तुष्‍ट हुनु हुन्न भने सौन्दर्य दन्त-चिकित्सकले दाँतहरुलाई सही आकार दिएर तपाईँलाई एक नयाँ रुप दिन सक्छ।

यसै शिलशिलामा भग्न दाँतको पनि कुरा गरौं न त। हामी मध्ये कतिपय मानिसहरुको कहिले कसो दुर्घटनावश वा खेलकूदको दौरान माथिल्लो बंगाराको अगाडि रहेको दाँत भग्न या भाँचिन सक्छ। यस्तोमा सिरेमिक लेमिनेट्स अथवा सिरेमिक क्राउन्स लागाइन्छ।

दाँत पहेँलो भएमा अथवा दाँतमा कुनै प्रकारको दाग या धव्वा लागेमा के गर्ने त भनेर धेरै जसो मानिसहरु चिन्तित रहेका हुन्छन्। दाँतमा दाग लाग्नु वा दाँतको रंग बदलिनु वा पहेँलो हुनु पनि एक समस्या हो। यस समस्याको समाधानको लागि इन्सट्यान्ट टूथ ब्राइटनिंग सिस्टम जसलाई ब्लीचिंग भनिन्छ, त्यसको प्रयोग गर्न सकिन्छ। यसमा कुनै रासायनिक पदार्थ प्रयोग गरि दाँतमा भएको दाग हटाइन्छ र दाँतलाई सेतो बनाइन्छ। यस्तै प्लोरोसिस या टेट्रासाइक्लिन जस्ता तत्वहरुको कारण दाँतको रंग अत्यन्त खराब हुन गएमा सिरेमिक लेमिनेशन गरिन्छ। यस प्रक्रियामा बाकी दाँतहरुको रंगसँग मिलाउनको लागि विशेष ध्यान दिइन्छ जसको कारण सबै दाँत एक समान देखिन्छ। आजभोलि त अत्याधुनिक प्रविधिबाट चल्ने खालको लेमिनेट्समा अधिक समय पनि लाग्दैन।

दाँतको समस्याहरु मध्ये अर्को ठूलो समस्या हो दाँतहरुको बीच रिक्त स्थान हुनु। यसले तपाईँको सौन्दर्य तथा व्यकतित्वमा ठूलो असर गर्छ। आकर्षक मुसकानको लागि सबै भन्दा ठूलो बाधा हो दाँतको पंक्तिमा दाँत गायब हुनु अर्थात गिजाको रोग, दुर्घटना, संक्रमण अथवा अन्य कुनै कारणले निकालिएकोमा रिक्त स्थान बन्नु। यस स्थितिमा नजिकको बलियो दाँतको सहारा लिइ निकालिएको दाँतको स्थानमा सिरेमिक दाँत राखिन्छ। यो दाँत सक्कली दाँत जस्तै देखिनुको साथै काम पनि त्यसतै गर्छ।

दाँतको बीच खाली स्थान हुनुले पनि मुस्कानमा विपरीत असर पार्छ। यस्तो अनुवांशिक कारणले गर्दा पनि हुन सक्छ। त्यसतै गरि औंला चुस्ने, दाँतलाई जिब्रोले धकेल्ने इत्यादि जस्ता व्यक्तिगत कारणले गर्दा पनि हुन सक्छ। यसको अतिरक्त गिजाको तल पट्टिको सहायक हाड कुहिएर तथा दाँत निकाले पछि रिक्त स्थान हुनुको सत्ता मिल्न गइ दाँतहरु यता-उता खस्किनाले यस्तो स्थिति उत्पन्न हुन सक्छ। यस समस्याको समाधान ओर्थोडेन्टिक उपचार या सिरेमिक लेमिनेट्स एवं क्राउन्सद्वारा गर्न सकिन्छ।

बंगारामा ठाऊँको कमीले गर्दा दाँत जहाँ जहाँ खालि ठाउँ हुन्छ त्यतै उम्रन थाल्छ। नतीजा स्वरुप, दाँत बाहिर निक्लिएको, टाटे-पांग्रे वा चोर दाँत अर्थात एक दाँतको पछाडि अर्को दाँत निक्लिन थाल्छ। यस्तोमा ओर्थोडेन्टिक्स या टूथ स्टरेटनिगको सहारा लिइन्छ। दाँतहरुमा ब्रेसिज लगाएर त्यसको दबावले दाँतलाई सही स्थितिमा ल्याइन्छ।

खैनी तथा सुर्ती चपाउने जस्तो बानीले गर्दा दाँत लगातार घिस्रिन जान्छ जसको कारण दाँतमा हुने इनामेलहरु पनि घिस्रिएर समास हुन पुग्छ। यस्तो समयमा पनि सिरेमिक क्राउन्स सहायक हुन पुग्छ।

नराम्रो किसिमका दन्त मन्जनहरु अथवा पुरानो वा कडा खालको बुरुशको प्रयोगले गर्दा दाँतको माथिल्लो इनामेल हट्न पुग्छ। यसले गर्दा दाँतको रंग फेरिन जान्छ दुख्‍न थाल्छ। यस्तो हुनुलाई एब्रेशियन भनिन्छ। यसको उपचार सिरेमिक लेमिनेट तथा कस्मेटिक फिलिंगले गर्न सकिन्छ।

तल्लो बंगारा बाहिर निस्कनु अथवा अत्याधिक विकसित हुनु वा अलिकति भित्र तिर ढल्किनु अथवा कम विकसित हुनुले अनुहारको बनावटलाई नै बिगारीदिन्छ। यसको उपचार बिना दुखाइ एवं निशान रहित शल्य-क्रियाबाट गर्न सकिन्छ।

अतः आकर्षक मुस्कानको लागि दाँत र गिजाको उचित देखभाल र आवश्यकता अनुसार उपचार गर्नु अत्यन्त आवश्यक छ।

जानकारी तथा लेखहरु