फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वसन्त चाड-1

(GMT+08:00) 2019-01-23 10:17:37

चिनियाँहरुका लागि एक वर्षमा आउने सबैभन्दा ठूलो चाड वसन्त चाड आउँदैछ। त्यसैले आजको कार्यक्रमदेखि म विस्तारै रूपमा चीनको वसन्त चाडको रीतिरिवाजको बारेमा जानकारी दिन चाहन्छु।

वसन्त चाड पश्चिमी मुलुकका मानिसहरुका लागि क्रिसमस, नेपालीहरुका लागि दशैं जस्तै सबैभन्दा भव्य र रमाइलो पर्व हो।

प्राप्त भनाइका अनुसार, यो पर्व प्राचीन कालमा वर्षको शुरूको पूजा-आजाबाट उत्पन्न भएको हो। हालसम्म वसन्त चाडको इतिहास चार हजार वर्ष पूरानो छ। तर शुरु-शुरुमा यसको नाम वसन्त चाड थिएन र साथै यसलाई नियमित रुपमा मनाइँदैनथ्यो पनि। इसा पूर्व दुइ हजार एक सय वर्षअघि त्यति बेलाका मानिसहरु वृहस्पति ग्रहको एक पटक परिक्रमा गर्दा एक वर्ष लाग्छ भन्थे। त्यसका साथसाथै वसन्त चाडलाई वर्ष भन्थे। इसा पूर्व एक हजार वर्षसम्म मानिसहरु "वर्ष"लाई वसन्त चाडका रुपमा अभिव्यक्त गर्थे। वर्ष भनेको त्यस बेलाको बुझाइअनुसार राम्रो फसल भन्ने थियो। राम्रो फसल भित्र्याइएको वर्षलाई सम्पन्न वर्ष भन्थे र निकै राम्रो फसल पाइएको खण्डमा त्यसलाई ठूलो सम्पन्न वर्ष भन्दथे।

चिनियाँ रीति-रिवाज अनुसार, वसन्त चाड व्यापक अर्थमा चिनियाँ पात्रो बमोजिम बाह्रौं महिनाको तेइस तारिखदेखि अर्को वर्षको पहिलो महिनाको पन्ध्र तारिखमा पर्ने रसबरी चाडसम्म जारी रहन्छ र त्यसको अघि-पछि मोटामोटी तीन हप्ता हुन्छ। सो चाडका क्रममा नयाँ वर्षको अघिल्लो दिन अर्थात पूरानो वर्षको अन्तिम महिना अर्थात् बाह्रौं महिनाको तीस तारिख र नयाँ वर्षको पहिलो महिनाको एक तारिखको दिउँसो र राति सबैभन्दा भव्य तरिकाले यो चाड मनाइन्छ र त्यसलाई वसन्त चाडको सबैभन्दा रमाइलो अवसर भनिन्छ।

वसन्त चाडको स्वागतका लागि शहरमा होस वा ग्रामीण क्षेत्रमा त्यहाँका सबै मानिसहरुले विविध किसिमका कार्यक्रमको आयोजना गर्ने गर्दछन। भनौं,ग्रामीण क्षेत्रमा यो चाड मनाउने तयारी कार्य बाह्रौं महिना लागेदेखि शुरु हुन्छ। परम्परागत रीतिरिवाजअनुसार, विभिन्न दिनमा विभिन्न काम गर्नुपर्छ। पैचिङमा वसन्त चाडको स्वागत तथा तयारीसम्बन्धी गायन चलेको छ।

चिनियाँ पात्रोअनुसार, बाह्रौं महिनाको आठौ दिनमा लाबा जाउलो खाने चलन छ। त्यसदिनपछि वसन्त चाड सुरू हुने भएको छ।

23औं दिनमा भान्सा देवको पूजा-आजा गर्छ। चिनियाँहरूले विभिन्न क्षेत्रमा विभिन्न देवी-देवताको जिम्मेवारी लिएका छन्। परम्परागत सँस्कृतिमा चिनियाँहरूले स्टोवनजिकै भान्सा देवको चित्र टाँस्ने चलन छ। बाह्रौं महिनाको 23औं दिनमा मानिसहरूले भान्साको सफा गरेर पूराना देवको चित्र जलाएर भान्सा देवलाई विदा गरेका छन्। पहिला वर्षको अन्तिम दिनमा मानिसहरूले नयाँ भान्सा देवको चित्र फेरि टाँसेर देवको स्वागत गर्छन्। भान्सा देवले हरेक परिवारमा मानिसको भनाइ तथा गतिविधिको निगरानी गरेर स्वर्गमा महादेवसमक्ष प्रतिवेदन बुझाउने विश्वास गरिएको छ। त्यसैले भान्सा देवलाइ विदा गर्दै मान्छेहरूले मिठाइ तथा चकलेटद्वारा पूजा-आजा गरेर महादेवसमक्ष मीठो भनाइ सुनाउने आशा गर्दछन्।

24औं दिनदेखि धेरैजसो घर-परिवारहरुले सिरक र विछ्यौना समेत धुनुका साथै कोठाभित्र वा आँगनमा पनि सफा गर्ने गर्छन। यसबाट फोहर परित्याग गरी वातावरणलाई नयाँ सफा रुप दिन सकियोस भन्ने अर्थ लाग्छ।

जानकारी तथा लेखहरु