फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१९ मा चिनियाँ राष्ट्राध्यक्षको पहिलो विदेश भ्रमण इटालीबाट शुरू

(GMT+08:00) 2019-03-21 10:27:05

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यस वर्षको पहिलो वैदेशिक भ्रमण मार्च २१ तारिखदेखि शुरू गर्दै हुनुहुन्छ। यस भ्रमणमा उहाँले ३ वटा यूरोपेली मुलुकको भ्रमण गर्नु हुने छ र तीमध्ये पहिलो स्थान इटाली रहेको छ।

साथीसँग फेरि भेट्ने

इटलीको भ्रमणअघि राष्ट्राध्यक्ष सीले इटाली समाचारपत्रमा लेख प्रकाशित गर्दै आफ्नो पहिलेको इटाली भ्रमणको सिंहावलोकन गर्नुभएको छ। फेरि एक पटक सुन्दर मुलुक इटालीमा साथीहरूसँग भेट् गर्ने सोचेर मलाई खुशी लागेको छ भन्ने कुरा राष्ट्राध्यक्ष सीले लेखमा उल्लेख गर्नुभएको छ।

२००० वर्षको आदानप्रदानमार्फत चीन तथा इटाली बीचको एक-अर्काको लागि विश्वासिलो भावना, आपसी मित्रता प्रगाढ हुँदै जाने प्रत्याभूति बनेको विचार सीले लेखमा व्यक्त गर्नुभएको छ। आफ्नो यसै भ्रमणबाट इटालीका नेतासँगै मिलेर पारस्परिक सम्बन्धको नयाँ युगको पाना पल्टाउने आशा पनि सीले गर्नुभएको छ।

वस्तुगत सहयोगमार्फत नयाँ अध्याय खोल्ने

चालू वर्ष चीन-इटाली सर्वाङ्गीण रणनैतिक साझेदारी सम्बन्ध स्थापना भएको १५ औं वार्षिकोत्सव हो। र आगामी वर्ष आपसी दौत्य सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव हुने छ। सीको यस इटाली भ्रमणमा बेल्ट एण्ड रोड सहयोगको प्रवर्द्धन गरिँदै दुई देशका जनताको लागि अझ बढी वस्तुगत हित ल्याइने अपेक्षा पनि गरिएको छ।

जानकारी तथा लेखहरु