फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सी चिन फिङले मन पराउनुभएको प्राचीन शिक्षाप्रद कथाहरू"अन्तर्गत इटाली भाषा संस्करण अनलाइनमा

(GMT+08:00) 2019-03-22 09:25:31

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले इटालीको राजकीय भ्रमण गर्नुभएको अवसरमा "सी चिन फिङले मन पराउनुभएको प्राचीन शिक्षाप्रद कथाहरू" अन्तर्गत इटालीलेली भाषा संस्करण यसै मार्च २१ तारिख इटालीको अनलाइनमा राखिएको छ र साथै विश्वमा इटालीलेली भाषा बोल्ने मुलुकहरू तथा क्षेत्रहरुमा प्रसारण गरिएको छ। सोही दिन इटालीको प्रभावशाली सञ्चार-माध्यम समूह मेडियासेट समूह, क्लास एडिटोरी समूहअन्तर्गत टेलिभिजन च्यानल, मोबाइल ग्राहक, वेबसाइटमार्फत यो श्रृंखलाबद्ध भिडियो प्रसारण गरिनुका साथै अनलाइनमा पनि राखिएको छ।

चाईना मिडिया ग्रुपअन्तर्गत चीन-इटाली मोबाइल ग्राहक, इटालीलेली भाषाको वेबसाइट, सामाजिक सञ्जालमा पनि उक्त भिडियो प्रसारण गरिएका छन्। चाईना मिडिया ग्रुपका महानिर्देशक शन हाई श्युङ, इटालीको मेडियासेट समूहका महाप्रबन्धक फेडेले कोन्फालोनेरीले उक्त अनलाइन समारोहमा भाग लिनुभएको छ।

इटालीको जनमतको विचारमा "सी चिन फिङले मन पराउनुभएको प्राचीन शिक्षाप्रद कथाहरू" अन्तर्गत इटालीलेली भाषा संस्करण अनलाइनमा राखिएबाट स्थानीय नागरिकले राष्ट्राध्यक्ष सी चिन फिङको रूचिबारे जानकारी लिनका लागि एक झ्याल खोलेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु