फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सरकारले तिब्बतको विद्यालयको अवस्थाको सुधार गर्न धेरै पैसा छुट्याएको चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य चा सीको भनाइ

(GMT+08:00) 2019-03-22 10:19:15

चीनका प्रधानमन्त्री ली ख छ्याङले मार्च पाँच तारिख तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको उदघाटन समारोहमा सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। उहाँले जातीय क्षेत्र र थोरै जनसंख्याको जातिको विकासको समर्थन दिने कुरा बताउनुभएको छ। चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् तिब्बत स्वायत्त प्रदेशको छाङ तु शहरको प्रथम प्राथमिक विद्यालयका तिब्बती भाषा शिक्षक चा सीले सीआरआईका पत्रकारलाई अन्तर्वार्ता दिँदै सरकारले हरेक वर्ष सिमावर्ती क्षेत्रका अल्पसंख्यक जातीय क्षेत्रहरूको विद्यालयको अवस्थाको सुधार गर्न धेरै पैसा छुट्याएको, हाल तिब्बतको शिक्षाको "निःशुल्क खाना, निःशुल्क आवास, निःशुल्क पढाई" नीति राम्रोसँग व्यवहारमा उतारेको र शिक्षामार्फत गरिबी निवारणको उपलब्धि स्पष्ट भएको कुरा बताउनुभएको छ।

गत वर्ष चा सी चिनियाँ राजनीतिक परामर्शदात्री सम्मेलनअन्तर्गत शिक्षा क्षेत्रका सदस्यमा छनौट गरिएका थिए। सरकारी कार्य प्रतिवेदनमा उल्लेख गरिएको सर्वसाधारणको जीवनसम्बन्धी विषय उहाँको मनमा गहिरो छाप परेको छ। उहाँले भन्नुभयो "यस पटक मेरो मनमा सबैभन्दा गहिरो छाप परेको के हो भने प्रधानमन्त्रीको कार्य प्रतिवेदनमा जनतामाथि ध्यान दिइएको छ र सर्वसाधारणको जीवनमाथि ध्यान दिइएको छ। यो कुरा सुनेपछि मलाई खुशी लाग्यो। करको कटौती, चिकित्सा, खासगरी जनता स्वस्थ भएमा समाज जीवन्त रूपमा शक्तिशाली हुनेछ, देश समृद्ध हुने छ। यो धारणाबाट सरकारले जनतामा महत्व दिएको कुरा प्रतिविम्वित भएको छ।"

चालू वर्ष 52 वर्षीय चा सी प्राथमिक विद्यालयको तिब्बती भाषाको प्रशिक्षण कार्यमा संलग्न हुनुभएको तीस वर्ष भइसक्यो। उहाँकाअनुसार, छाङ तु शहरको पहिलो प्राथमिक विद्यालयको स्थापना भएको 29 वर्ष भइसक्यो। शुरुवातका आठ जना शिक्षक-शिक्षिका र एक सय आठ जना विद्यार्थीबाट बढेर हालका एक सय पच्पन्न जना शिक्षक-शिक्षिका र दुई हजार एक सय बाह्र जना विद्यार्थी छन्। यसका साथै भाषा कक्षा कोठा, कम्प्युटर कक्षा कोठा, पुस्तकालयलगायतका आधुनिक प्रशिक्षण प्रबन्धले पनि पूर्ण भएको छ।

सन् 1985 तिब्बतले शिक्षाको "निःशुल्क खाना, निःशुल्क आबास, निःशुल्क पढाई" नीति लागू गर्न थालेको हो। निःशुल्क अनिवार्य शिक्षाको आधारमा तिब्बतले किसान तथा पशुपालकका छोरा र छोरीलाई "निःशुल्क खाना, निःशुल्क आबास, निःशुल्क पढाई" नीति उपलब्ध गराएको छ। सन् 2018 तिब्बतले "निःशुल्क खाना, निःशुल्क आबास, निःशुल्क पढाई" नीतिको आपूर्ति मापदण्ड बढाएको छ। चा सीले भन्नुभयो " "निःशुल्क खाना, निःशुल्क आबास, निःशुल्क पढाई" नीति क्षेत्रमा तिब्बतले राम्रोसँग लागू गरेको छ। यो तीन वटा निःशुल्क नीति सरकारले तर्जुमा गरेको हो। तिब्बतमा यो नीति राम्रोसँग व्यवहारमा उतारिएको छ। उनीहरूले प्राथमिक विद्यालयबाट उच्च माध्यमिक विद्यालयसम्मको पढाई निःशुल्क छ। कति राम्रो नीति हो।"

चा सीकाअनुसार, थ्येन चिन, छोङ छिङ र फु चेनले छाङ तु शहरलाई प्रत्यक्ष रुपमा सहायता दिने प्रान्त र नगरपालिका हुन्। तीन वटा प्रान्त र नगरपालिकाले हरेक वर्ष पचास जनालाई छाङ तुका तीन वटा उच्च माध्यमिक विद्यालयमा पढाउन पठाउने गर्दछन्। तीन वटा प्रान्त र नगरपालिकाबाट आएका शिक्षक-शिक्षिकाले चिनियाँ भाषा, गणित, संगीत, खेलकुद, कला पाठ पढाउने छन्। भविश्यमा शिक्षाको नयाँ धारणा तिब्बतको प्रशिक्षणमा ल्याउनसकिने उहाँको इच्छा छ।

जानकारी तथा लेखहरु