फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा नेपालको"एशियाली जोडी गैंडा"को पहिलो प्रदर्शनी

(GMT+08:00) 2019-04-13 15:38:52

यस मार्च 24 तारिख नेपालले उपहारस्वरुप दिएको दुई एशियाली जोडी गैंडा "सोल्टी"र"मितिनी" ले चीनको शाङ्हाई वाइल्ड एनिमल पार्कमा पहिलो पटक समस्त पर्यटकसँग भेटेका छन्। विलुप्त हुने सम्भावना रहेको यस एशियाली जोडी गैंडा चीनमा पहिलो चोटी प्रदर्शनी गरिएको हो। यी दुई गैंडाको नयाँ घरको क्षेत्रफल लगभग सात हजार वर्गमिटर रहेको छ भने यसको छिमेकी एशियाली हात्ती हो। शाङ्हाई वाइल्ड एनिमल पार्कले गैंडाको बानी र यसको जन्मथलोको वातावरण बमोजिम यी दुई गैंडाका लागि उच्चस्तरीय प्रबन्धसहित सुन्दर पर्यावरणीय वातावरण सिर्जना गरेको छ।

सोही दिन शाङ्हाई वाइल्ड एनिमल पार्कले यी दुई गैंडाका लागि हार्दिक स्वागत कार्यक्रमको आयोजना गरेको छ। धेरै चिनियाँ पर्यकटहरुले गैंडा हेरिसकेपछि सशस्त्र योद्धा जस्तै लागेको भन्दै आश्चर्य प्रकट गरेका छन्।

जानकारी तथा लेखहरु