फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत#नेपाली महिला गरिबीबाट मुक्त हुनका लागि चीनको प्रयास

(GMT+08:00) 2019-04-18 09:37:59

सन्2015 अप्रिल 25 तारिख नेपालमा 8.1 रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो। चीनको गरिबी निवारण कोषले तुरुन्तै सहायता गर्नुका साथै नेपालमा उद्धार टोली पठाएको थियो। यसपछि "एक पेटी एक मार्ग" निर्णय प्रस्तावको आग्रह र नेपालसँगसँगै ‍एकीकृत भाग्य समुदायको निर्माण भन्ने लक्ष्य लिएर चीनको गरिबी निवारण कोषले सन्2015को अगष्टमा नेपालमा कार्यालय दर्ता गर्दै प्रकोपपछिको पुनःनिर्माण र अन्य गरिबी निवारण परियोजना लागू गर्न थालेको थियो। हाल चार वर्षयता यस कार्यालयले नेपालमा प्रकोपपछिको पुनःनिर्माण,गरिबीको निवारण,स्वास्थ्य तथा सरसफाई,उच्च गुणस्तरको शिक्षा गरी चार क्षेत्रमा चिनियाँ अनुभवको प्रचारप्रसार गरेको छ जसले असल आर्थिक तथा सामाजिक लाभ सिर्जना गरेको छ। यसमध्ये स्थानीय नागरिकका लागि सानो रकम ऋण दिने सेवा नै नेपालमा चिनियाँ गरिबी निवारण माध्यमको प्रयोग गरिएको सफल उदाहरण हो।

नेपालको राजधानी काठमाण्डौंबाट 170 किलोमिटर टाढा पर्ने एउटा चितवन जिल्लाको दिव्यपुरी गाउँको अर्थतन्त्र सुस्त देखिन्छ। पूँजी र प्रविधि कम्जोर भएकाले स्थानीय किसानले सजिलो खेती र पशुपालन गरेका छन्। हाल केही वर्षयता स्थानीय युवकहरू रोजगारीका लागि विदेश गएका छन्। स्थानीय महिलाहरुको जीवन अझै कठिन देखिन्छ। तर दिव्यपुरी गाउँ सानो रकम ऋण सेवा सक्रिय भएको एक स्थल हो भने स्थानीय ऋण सहयोग संस्थाले पनि धेरै वर्षदेखि सक्रियता देखाएको छ। चीनको गरिबी निवारण कोषअन्तर्गत नेपाल कार्यालयले स्थानीय सम्बन्धित संस्थासँग सहकार्य गर्दै स्थानीय महिलाका लागि सानो रकम ऋण दिने सेवा प्रदान गर्ने निर्णय गरेको छ। हरेक आवेदकले लगभग पाँच सय अमेरिकी डलर ऋण लिनसक्छ भने एक वर्षपछि ऋण फर्काउनुपर्छ। यस ऋणको व्याज सानो रकम ऋण योजनाको प्रशासनिक मामिला र तालिम सम्बन्धी खर्चको रुपमा प्रयोग गरिएको छ। एक वर्षपछि फर्काइने पूँजी अर्को सानो रकम ऋण योजनामा प्रयोग गरिने छ।

32वर्षकी विष्णुकुमारी महतले कुखुरा पाल्नका लागि पाँच महिनाअघि पचास हजार रुपैयाँ ऋण लिएकी थिइन्। हाल उनले पैसा बनाएर आफ्नो कुखुरा पालन क्षेत्र विस्तार गरेकी छिन्। साथै उनले सात हजार रुपैयाँ व्याज फर्काएकी छिन्।

विष्णुजस्तै ग्रामीण महिलाहरुले पहिले धेरै पूँजी सहायता पाएका छन्। तापनि पूँजी प्रदान गर्ने पक्षले केवल पूँजी दिएको छ भने ती महिलालाई दिगो विकास गर्नसक्ने प्रविधि र सञ्चालित उपाय सिकाएको थिएन। त्यसैले चीनको गरिबी निवारण कोषको नेपाल कार्यालयले पूँजी प्रदानबाहेक नेपाली ग्रामीण महिलालाई सम्बन्धित प्राविधिक तालिम पनि दिन्छ।

चीनमा सानो रकम ऋण दिने सेवासँग सफल अनुभव रहेको छ तर विदेशमा उक्त सफल सेवाको प्रयोग नै पहिलो पटक हो। त्यसैले चीनको गरिबी निवारण कोषले नेपालको दिव्यपुरी गाउँमा उक्त सेवाको प्रयोग गरेअघि धेरैजसो जाँच र अनुसन्धानको काम गरेको थियो। सहयोगात्मक साझेदार छान्नका लागि चीनको गरिबी निवारण कोषले धेरै अनुसन्धान गरेर लक्ष्मी टोलीलाई छानेको थियो। 51वर्षकी लक्ष्मी दिव्यपुरी गाउँकी महिला टोलिकी जिम्मेवार व्यक्ति हुन्। उनको महिला टोली स्थापना भएको चार वर्षमा गराइएको ऋण सेवाले वरिपरी केही गाउँका लगभग 6000 ग्रामीण महिलाका लागि सेवा गर्दछ। चीनको गरिबी निवारण कोषले लक्ष्मीको महिला टोलीसँग सहयोग गर्दै उक्त सानो रकम ऋण सेवा उपलब्ध गराउन थालेको हो। चिनियाँ संस्थासँग सहयोग गरेकोमा लक्ष्मीलाई निकै खुशी लाग्यो।

पाँच सय अमेरिकी ऋणले ती गाउँ महिलाका लागि गरिबीबाट मुक्त हुने उज्यालो भविष्य देखाउनुका साथै उनीहरुले आफ्नो घर र समाजमा लिएको स्थानलाई उकासेको छ। लक्ष्मीका श्रीमानलाई आफ्नी श्रीमतीप्रति गर्व लाग्छ।

चीनको गरिबी निवारण कोषको नेपाल कार्यालयका जिम्मेवार व्यक्ति रुन जि छ्याङ्गका अनुसार चीनको गरिबी निवारण कोषले नेपालमा आएर पैसा प्रदान गर्ने मात्रै होइन, चीनको गरिबी निवारणको माध्यम सिकाउने छ। जसबाट नेपालीहरु गरिबीबाट मुक्त हुनका लागि उपयोगी भएको छ।

जानकारी तथा लेखहरु