फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# डाउन ज्याकेट परम्परागत ट्रेड मार्काद्वारा चीनको पोशाक व्यवसायमा नयाँ दिशा

(GMT+08:00) 2019-04-26 10:38:00

गएको हिउँद ऋतुमा चालीस वर्षको इतिहास रहेको चीनको डाउन ज्याकेट ट्रेड मार्काले चीन र अन्तर्राष्ट्रिय बजारमा "वसन्त"को स्वागत गरेको छ। परम्परागत डाउन ज्याकेट ट्रेड मार्का चिनियाँ युवा उपभोक्ताद्वारा मन पराइएको र न्यूयोर्क फेशन शोमा चिनियाँ प्रवाहको प्रचार-प्रसार गरिएको ब्राण्ड हो। चीनको परम्परागत ट्रेड मार्का पो स तङले सफलताका साथ ट्रेण्ड नै बदल्नुको कारण के हो? आजको कार्यक्रममा यसबारे म तपाईंलाई ठोस जानकारी दिन्छु।

हाल विश्वका 72 वटा मुलुकतर्फ बिक्री गरिएको पो स तङ डाउन ज्याकेट विश्वका उपभोक्ता खास गरी युवा उपभोक्ताद्वारा मन पराइएको छ र मान्यता दिइएको छ।

सन् 2018 न्यूयोर्क फेशन शोमा हलिउडका सुपर स्टार एनी ह्याथावे, जेरेमी रेनर, भिक्टोरियाज सेक्रेटका प्रसिद्ध मोडेल एलेसान्द्रा एम्ब्रोसियो लगायतका अन्तर्राष्ट्रिय सुपर स्टारहरूले पो स तङको डाउन ज्याकेट लगाएर मञ्चमा प्रदर्शन गरेका थिए। विगत एक वर्षमा पो स तङको बिक्री मात्रामा 500 प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने खुद्रा-बिक्री रकम दश अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ। ती नयाँ प्रगति हासिल गर्नुअघि सन् 1976 स्थापना भएको पो स तङको सामु पनि ट्रेड मार्का पिछडिनुको चुनौती देखापरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु