फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रपति भण्डारीद्वारा चीन नेपाल आर्थिक तथा व्यापार फोरमलाई सम्बोधन

(GMT+08:00) 2019-04-28 18:59:48

आइतबार २८ तारिख बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले चीन नेपाल आर्थिक तथा व्यापार फोरमलाई सम्बोधन गर्नुभएको छ। उहाँले चीन नेपालको सबैभन्दा विश्वासिलो र भरपर्दो विकास साझेदार भएको र नेपालको सामाजिक आर्थिक विकास प्रयासहरूमा चीन सरकार तथा चिनियाँ जनताहरूले निरन्तर रूपमा पुर्याउँदै आएको समर्थन र सहयोगका लागि नेपाल सरकार तथा नेपाली जनताले सदैव सराहना गर्ने बताउनुभयो। उहाँले प्राकृतिक र मानव स्रोतले भरिपूर्ण भए तापनि विकासका संभावनाहरूबाट लाभ लिन पर्याप्त भौतिक स्रोतसाधन र प्रविधिको कमी भएको औंल्याउँदै बीआरआईले लगानीका थप अवसरको ढोका खोलेको पनि बताउनुभयो।

राजनीतिक स्थायित्वले नीतिगत स्थिरता एवम लगानीकर्ताहरूको सुरक्षालाई सुनिश्चित गरेको बताउँदै नेपालमा लगानी मैत्री वातावरण बनेको साथै लगानी सुरक्षाका लागि व्यापक नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिएको पनि बताउनुभयो। भर्खरै सफलतापूर्वक आयोजित लगानी सम्मेलनमा चिनियाँ उद्यमीहरुको उपस्थिति सबैभन्दा ठूलो रहेको पनि बताउनुभयो।

उक्त फोरममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि सम्बोधन गर्नुभएको थियो। साथै लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीलगायत भ्रमण दलका उद्यमी सदस्यले पनि नेपालमा लगानीमैत्री वातावरणका साथै प्रचुर सम्भावना रहेको मन्तव्यको क्रममा राखेका थिए।

चिनियाँ पक्षबाट पनि वाणिज्य मन्त्रालयअन्तर्गत एशिया विभागका निर्देशक फङ काङ, चीन वाणिज्य स्टक इन्टरप्राइजेज अन्तर्गत आर्थिक संयुक्त कमिटीका अध्यक्ष वाङ फूछिङ, सिन्ह्वा विश्वविद्यालय बेल्ट एण्ड रोड पोर्टलका निर्देशक स चसिनले नेपाल चीनसम्बन्धको चर्चासँगै बीआरआईअन्तर्गत विश्वका विभिन्न क्षेत्रमा प्रगति भइरहेका कामहरूकाबारे चर्चा गरेका थिए। त्यसै गरी चिनियाँ उद्यमी तथा रेलवेसँग सम्बन्धित विज्ञहरुले विभिन्न मुलुकसँग बीआरआईमार्फत भएका आदानप्रदानका अनुभव राखेका थिए।

यसै कार्यक्रममा दुई पक्षबीच केही सम्झौतामा हस्ताक्षर पनि गरिएको छ। नेपाल लगानी बोर्ड तथा चीन वाणिज्य स्टक इन्टरप्राइजेज अन्तर्गत आर्थिक संयुक्त कमिटीबीच सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरिएको छ त्यसै गरी नेपाल ट्रान्स हिमालयन फ्रेण्डसिप सोसाइटी र उक्त कमिटी र नेपाल चाइना च्याम्बर अफ कमर्श तथा उद्योग र चीन ओभरसीज डेभलपिङ एसोसिएसनबीच पनि सम्झौतामा हस्ताक्षर गरिएको छ।

कार्यक्रममा राष्ट्रपतिका साथ आएका प्रतिनिधिमण्डलको सहभागिता थियो भने चिनियाँ उद्यमीहरूको बाक्लो उपस्थिति थियो।

हिमाको साथमा अजय अलौकिक

वेस्टइन होटेल

पैचिङ, जनगणतन्त्र चीन

जानकारी तथा लेखहरु