फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा पहिलो नेपाली थाङ्का कार्यशाला

(GMT+08:00) 2019-08-26 10:55:28

पैचिङमा हालै मात्र नेपाली थाङ्का कार्यशाला सम्पन्न भएको छ। पैचिङमा अवस्थित नेपाल क्राफ्टले उक्त नेपाली थाङ्का कार्यशालाको आयोजना गरेको हो। १० दिन सम्म आयोजना गर्ने भनिएको कार्यशाला १२ दिनसम्म चलेको थियो। जहाँ चीनका विभिन्न शहरबाट आएका थाङ्का र बौद्ध धर्ममा रूचि भएकाहरूको सहभागिता थियो।

'थाङ्का बनाउन गाह्रो रहेछ। फाइन आर्टमा स्नातक उत्तीर्ण गरेकी चाङ यूफैको पहिलो प्रतिक्रिया थियो । हेर्दा सरल लागे तापनि पूर्ण आकार दिन निकै ध्यान दिनुपर्ने रहेछ । त्यसमाथि नेपाली थाङ्काको अरू गुणबारे पनि जान्ने अवसर मिल्यो। यहीँ बसेर जान्ने मौका पाएकोले निकै भाग्यमानी महसूस गरें।' उनी चाङ थ्येनचीनदेखि आएकी हुन्। पैचिङलगायत थ्येनचिन र छाङछुन शहरका नेपाली थाङ्का तथा बौद्ध धर्ममा रूचि भएका दश जनाले मण्डल बनाउने तालीम लिएका हुन्। छाङछुनका च्याङ मिनलाई बौद्ध धर्मप्रति झुकाव भएकोले थाङ्काप्रति लगाव भएको बताए । 'म पनि एक कलाकार नै हो, त्यसमाथि नेवारी थाङ्काले मलाई निकै आकर्षित गरेको छ र बुद्ध धर्मप्रति पनि आस्था छ।'

1  2  3  4  
जानकारी तथा लेखहरु