फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा पहिलो नेपाली थाङ्का कार्यशाला

(GMT+08:00) 2019-08-26 10:55:28

पैचिङसम्म आएर थाङ्का चित्रकला सिकाउने गुरू हुन्, पाटन, गाबहालका अग्रिम शाक्य। बीस वर्षदेखि परम्परागत नेवारी पौभा बनाउँदैआएका उनी पैचिङमा आएर थाङ्का बनाउने तालीम दिन पाउँदा निकै उत्साही देखिन्थ्यो। 'प्राय सबै तालीममा आएकाहरू चित्रकलालाई पेशा बनाएका या अध्ययन गरिरहेकाहरू छन्, त्यसले गर्दा सिकाउन पनि सजिलो भएको छ। त्यसमाथि नेपाली नेवारी थाङ्का मौलिक रहेको र त्यसबारे जान्न इच्छुक रहेको उनीहरूले बताउँदा मलाई एकदम खुसी लाग्यो। यहाँ पनि नेपाली हस्तकलाको महत्व देख्नपाएकोले हर्षित छु।' खनिज पदार्थ नै पिसेर परम्परागत तरीकाले थाङ्कामा स्टोन कलर (खनिज रङ्ग) बाट ३० बाइ ३० सिएम साइजमा मण्डला बनाउन सिकाइएको थियो। 'दश दिनभित्र यो मण्डला तयार बनाउने गरी सिकाउँदै छु। यो सबै उनीहरूको नेपाली थाङ्काप्रतिको जिज्ञासा मेट्ने सानो प्रयास मात्र हो।' उनले भने।

1  2  3  4  
जानकारी तथा लेखहरु