फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काइरो चिनियाँ संस्कृति केन्द्र - मध्य पूर्व क्षेत्रको चिनियाँ संस्कृतिको प्रतीक-क

(GMT+08:00) 2019-09-16 15:32:48

इजिप्टको राजधानी काइरोस्थित एउटा पाँच तलाको भवन काइरो चिनियाँ संस्कृति केन्द्र हो। जुन चीनले मध्य-पूर्व तथा अरबेली मुलुकमा स्थापना गरेको पहिलो चिनियाँ संस्कृति केन्द्र पनि हो। सन् २००२ मा काइरो चिनियाँ संस्कृति केन्द्रको स्थापनादेखि हालसम्म त्यसले चिनियाँ संस्कृतिको प्रचार-प्रसार तथा जनजनबीचको आदान-प्रदान गर्ने क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरी इजिप्ट तथा मध्य-पूर्व क्षेत्रमा चिनियाँ संस्कृतिको एउटा प्रतीक बनिसकेको छ। जन गणतन्त्र चीनको स्थापना भएको सत्तरीऔं वार्षिकोत्सवको उपलक्ष्यमा हाम्रा पत्रकारले इजिप्टका लागि चिनियाँ संस्कृति कन्सुलर एवम काइरो चिनियाँ संस्कृति केन्द्रका प्रमुख श य्वे वनसंग अन्तर्वार्ता लिएका छन्।

अब यस विषय सम्बन्धी एउटा विवरण सुन्नुहोस्।

काइरो चिनियाँ संस्कृति केन्द्रमा प्रवेश गर्दा सर्वप्रथम कन्फ्युसियसको मूर्ति देखिन्छ। भित्तामा चिनियाँ चित्र तथा हस्तलिपी र प्रदर्शनका लागि दराजमा राखिएका लाहका भाँडाबर्तनहरुले चिनियाँ विशिष्टता झल्काइरहेको छ।

श य्वे वनका अनुसार,विदेशमा चिनियाँ संस्कृति केन्द्रको स्थापना गर्नु विश्वको मांग तथा चीनको विकासको प्रवाहसंग अनुकूल छ। चीनको राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको बाह्रौं पञ्च वर्षीय योजनामा तोकिए अनुसार,सन् २०२० सम्म विदेशमा पचास वटा चिनियाँ संस्कृति केन्द्रको स्थापना गरिनेछ। नयाँ शताब्दीमा चीनले विदेशमा स्थापना गरेको पहिलो चिनियाँ संस्कृति केन्द्र काइरो चिनियाँ संस्कृति केन्द्र हो।

1  2  
जानकारी तथा लेखहरु