फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काइरो चिनियाँ संस्कृति केन्द्र - मध्य पूर्व क्षेत्रको चिनियाँ संस्कृतिको प्रतीक-क

(GMT+08:00) 2019-09-16 15:32:59

हामीले मध्य-पूर्व क्षेत्रमा पहिलो चिनियाँ संस्कृति केन्द्र खोल्नका लागि काइरोलाई किन छानेका थियौं? किनभने काइरोको भौगोलिक स्थान महत्वपूर्ण छ। र त्यसको पूरानो इतिहास र सांस्कृतिक वातावरण छ। त्यसका अतिरिक्त, वाह्य क्षेत्रबाट प्रवेश हुने संस्कृतिप्रति पनि काइरोको सहनशील व्यवहार रहेको कारण हामीलाई चिनियाँ संस्कृति केन्द्रको स्थापनाका लागि एउटा सुहाउँदो वातावरण तयार भएको छ।

हालसम्म बेलायत,फ्रान्स, जर्मनी, इटली, अमेरिका तथा जापान लगायत दर्जनौं मुलुकहरुले काइरोमा संस्कृति केन्द्रको स्थापन गरिसकेका छन्। तीमध्ये केही मुलुकहरुको संस्कृति केन्द्रको इतिहास एक सय वर्षभन्दा लामो छ। चिनियाँ संस्कृति केन्द्रको इतिहास छोटो भए तापनि त्यसको असर दिन प्रतिदिन विस्तार हुँदै आएको छ। श य्वे वन भन्नुहुन्छ,

इजिप्ट तथा सम्पूर्ण मध्य-पूर्व क्षेत्रमा हाम्रो संस्कृति केन्द्रको नाम प्रचलित छ। यहाँ युरोप तथा अमेरिकाको संस्कृति केन्द्रको इतिहास लामो भए तापनि अहिले भन्दा खेरि काइरो चिनियाँ संस्कृति केन्द्रको असर अग्रस्थानमा रहेको छ।

विदेशमा रहेका चिनियाँ संस्कृति केन्द्रको जिम्मेवारी भनेको विदेशमा चिनियाँ संस्कृतिको प्रचार-प्रसार गरी चिनियाँ छविको स्थापना गर्नु तथा चीनको असरको विस्तार गर्नु नै हो। श य्वे वनका अनुसार, यताका केही वर्षदेखि काइरो चिनियाँ संस्कृति केन्द्रले अन्तर्राष्ट्रिय ठूलो परिमाणमा सांस्कृतिक कार्यक्रमको सक्रियताका साथ भाग लिएको छ। तीमध्ये सबैभन्दा प्रसिद्ध कार्यक्रम प्रति वर्ष आयोजना हुने"खुसीयाली वसन्त चाड"नामक विविध कार्यक्रम हो। चिनियाँ परम्परागत वसन्त चाडले यसै मौका छोपेर इजिप्टका सर्वसाधारणको जीवनमा प्रवेश गरेको छ। श य्वे वन भन्नुहुन्छ,

हामीले हरेक वर्ष एक सय वटा कार्यक्रमको आयोजना गर्छौं। इजिप्टको विभिन्न क्षेत्रका सर्वसाधारण उक्त कार्यक्रमहरुमा भाग लिन्छन्।


1  2  
जानकारी तथा लेखहरु