फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ए शेयर बजारमा झनै बढी अन्तर्राष्ट्रिय पुँजी

(GMT+08:00) 2019-09-26 10:33:01

एसएन्डपी डीजीआइले चिनियाँ ए शेयरलाई एसएन्डपी इमर्जिङ बीएमआइमा राख्ने निर्णय सेप्टम्बर २३ तारिखबाट औपचारिक रूपमा संचालनमा आएको छ साथै एफटीएसइ रूसेलले चिनियाँ ए शेयरको समावेशी कारकतत्वलाई पाँच प्रतिशतदेखि पन्ध्र प्रतिशतसम्म बढाउने निर्णय पनि संचालनमा आएको छ। यसअघि एमएससीआइले पनि चिनियाँ ए शेयरको समावेशी कारकतत्वलाई दश प्रतिशतदेखि पन्ध्र प्रतिशतसम्म बढाएको थियो। यसरी तीन वटा अन्तर्राष्ट्रिय शिर्ष इण्डेक्स कम्पनिले चिनियाँ ए शेयरलाई सहयोग गर्ने इच्छा देखाएका छन् जसबाट चीनको पुँजी बजार र आर्थिक आकर्षण शक्ति बढ्दैछ र चिनियाँ ए शेयरमा लगानी गर्न झनै बढी अन्तर्राष्ट्रिय पुँजीको सहमत बनेको प्रमाणित भएको छ।

यी तीन वटा शिर्ष अन्तर्राष्ट्रिय इण्डेक्स कम्पनिका पछाडि विश्वका ४०० खर्ब अमेरिकी डलर बराबर वित्तीय सम्पत्तिको व्यवस्थापन गर्ने लगानीकर्ता छन् र उनीहरूमा तत्काल लगानी मांग रहन्छ। अन्तर्राष्ट्रिय इण्डेक्स कम्पनिले चिनियाँ ए शेयरलाई समावेश गराएको वा समावेशी कारकतत्वलाई बढाएबाट तीनटा शिर्ष इण्डेक्सको निस्क्रिय ट्र्याकिङ गरेको रकम प्रत्यक्ष रूपमा चिनियाँ ए शेयरमा जानसक्छ साथै अरू बढी रकमलाई ए शेयरमा लैजानसकिन्छ। सम्बन्धित संस्थाको अनुमानका अनुसार, यसपछि खर्बभन्दा बढी चिनियाँ युआन बराबर विदेशी पुँजीलाई चिनियाँ ए शेयरतर्फ आकर्षण हुनेछ।

चिनियाँ पुँजी बजारले अन्तर्राष्ट्रिय पुँजीलाई आकर्षित गर्नुको प्रमुख कारण भनेको हाल अमेरिका, युरोपलगायत आर्थिक समूहको मौद्रिक नीति केही खुकुलो भएको अवस्थामा मुख्य आर्थिक समूहहरूमध्ये चीन मात्र एउटा मुलुक हो जसको मौद्रिक नीति स्थीर रूपमा चलिरहेको छ। आरएमबीको मूल्याङ्कन अझै कम छ भने स्थिरता पनि राम्रो छ। चीन विश्व कोषको तल्लो रेखामा पुग्ने संभावना रहेको छ।

साथै चीनले पुँजी बजार सुधारलाई अघि सारिरहेको छ भने विज्ञान तथा प्रविधिको आविष्कार बोर्डको सुधार गरी पुँजी बजारको शिर्ष-तहको डिजाइन बढाएर अन्तर्राष्ट्रिय नियमसँग मिलाउन कोशिश गरिरहेको छ। यसबाट अन्तर्राष्ट्रिय पुँजीलाई चिनियाँ पुँजी बजारको असल भविष्य देखाएर लगानी विश्वास बढाइएको छ।

हाल संरक्षणवाद र एकलपक्षीयवाद बढेको अवस्थामा विश्व आर्थिक क्षेत्रमा कमजोर दबाव देखिएको छ। त्यसैले अन्तर्राष्ट्रिय पुँजी चिनियाँ ए शेयरतर्फ आकर्षित भएको छ। वास्तवमा चिनियाँ अर्थतन्त्रतर्फ आकर्षित भएको हो। साथै चीनमा अन्तर्राष्ट्रिय पुँजी भित्रिएबाट चिनियाँ पुँजी बजारको थप विकास गर्न पनि मद्दत पुग्नेछ।

विश्व आर्थिक विकाससमक्ष ठूलो दबाव देखिएको अनिश्चित अवस्थामा चीनको पुँजी बजारले ठूलो आकर्षणसँगै चिनियाँ आर्थिक लचिलोपन, जैवित शक्ति र संभावना देखाएको छ साथै विश्व पुँजी बजार र अर्थतन्त्रमाथि स्थीरता थपेको छ।

जानकारी तथा लेखहरु