फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'सी चिनफिङ विचार मानव जातिको साझा भविष्यका लागि एक समुदायको निर्माण' शीर्षकको अन्तरक्रिया

(GMT+08:00) 2019-09-26 17:00:42

'सी चिनफिङ विचार मानव जातिको साझा भविष्यका लागि एक समुदायको निर्माण' शीर्षकको अन्तरक्रियाआज बिहिबार काठमाण्डुमा आयोजना गरिएको छ।

अन्तरक्रिया अघि नेपालका उप-प्रधानमन्त्री एवम रक्षामन्त्री नेकपाको स्कुल विभागका प्रमुख इश्वर पोखरेलले उक्त कार्यक्रमको महत्वबारे आफ्नो विचार राख्नुभएको छ। उहाँले भन्नुभयो- मानव जातिको साझा भविष्यका लागि एक समुदायको निर्माण यो हामी सबैको चासोको विषय हो। अहिले हामी विश्वका मानव जाति २१औं शताब्दीको यात्रामा अगाडि बढ्दै छौं। यो यात्रामा विश्व समुदायको आर्थिक, राजनीतिक, सामाजिक लगायत विज्ञान र प्रविधि, अध्ययन र अनुसन्धानका क्षेत्रमा आएको नयाँपन र परिवर्तनको अध्ययन र अनुभव गरिरहेका छौं। यस अन्तरक्रियाको निष्कर्ष महत्वपूर्ण हुने मेरो विश्वास छ।

यसै कार्यक्रममा पैचिङ रिभ्यु पत्रिकाका भुतपुर्व प्रमुख सम्पादक वोङ कोङ यी र चीनको फु तान विश्वविद्यालय अन्तर्गत दक्षिणी एसिया अनुसन्धान केन्द्रका उप-निर्देशक लिन मिङवाङले पनि विषय आधारित सम्बोधन गर्नुभएको छ। साथै नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले पनि सो अन्तरक्रिया अघि आफ्नो मन्तव्य राख्नुभएको थियो।

यसै गरी यस कार्यक्रमका संयोजक नेपाल चीन अध्ययन केन्द्रका विद्वानहरूले पनि आ-आफ्नो विचार व्यक्त गरेका थिए।

जानकारी तथा लेखहरु