फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा सहभागी "विदेशी मान्छे" नी चेन को

(GMT+08:00) 2019-09-27 09:15:10

सन् १९४९ अक्टोबर एक तारिखका दिन जन गणतन्त्र चीनको स्थापना भएपछि युगको परिवर्तनसँगै मानिसको नाममा पनि परिवर्तन आएको छ। जस्तै भनौं केही मानिसको नाम "चेन को" अर्थात् नेपाली भाषामा देशको निर्माण, "चेन व्हा" अर्थात् नेपाली भाषामा जन गणतन्त्र चीनको स्थापना, "च्ये फाङ" अर्थात् नेपाली भाषामा मुक्ति भन्ने रहेको छ। चालू वर्षको अक्टोबर एक तारिखका दिन जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सव हो। हाल पत्रकारले विदेश गएका, चीन र विदेशको मैत्रीपूर्ण आदान-प्रदान गर्ने विशेषदूत बनेका "चेन को"को नाम रहेका केही व्यक्तिहरूसँग अन्तर्वार्ता लिएका छन्।

सन् १९८० मे पाँच तारिख जन्मेका नी चेन को चिनियाँ उत्तर-पश्चिमका नागरिक उड्डयन विमानस्थल निर्माण समूहद्वारा निर्माण गरिने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका उप महाप्रबन्धक हुनुहुन्छ। पहिले उहाँ एकजना सैनिक हुनुहुन्थ्यो। उहाँले अफ्रिकाको अंगोलामा साढे एक वर्षसम्म काम गर्नुभयो। सन् २०१५ जनवरीमा उहाँ नेपाल पुग्नुभयो। हालसम्म उहाँले नेपालमा चार वर्षभन्दा बढी समय काम गर्नुभएको छ। आफ्नो नामबारे चर्चा गर्दा नी चेन को भन्नुहुन्छ, "म यान आन शहर च छाङ जिल्ला आन तिङ बस्तीको नी च्या कौ गाउँमा जन्मेको थिएँ। त्यस अवधिमा मेरो परिवार गरिब थियो। परिवारमा धेरै बच्चाहरू थिए। त्यसैले मेरो परिवारको आर्थिक अवस्था त्यति राम्रो थिएन। बुबा र आमाले छोराछोरीहरू बाहिर जाने, यो गरिब गाउँ नबस्ने र बाह्य संसार हेर्ने आशा लिनुभएको थियो। देश र घरबारको राम्रोसँग निर्माण गर्ने र दे्श शक्तिशाली बने मात्र हाम्रो जीवनस्तर माथि उकासिने छ।"

1  2  3  
जानकारी तथा लेखहरु