फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीनका "पहिला":हङकङ चुहाई मकाउ पुल

(GMT+08:00) 2019-09-29 15:18:24

नयाँ चीनका "पहिला" विषय अन्तर्गत तपाईंलाई नयाँ चीनको स्थापना भएको ७० वर्षमा विकासमा हासिल गरेको उपलब्धिसम्बन्धमा आजको यस लेखमा "हङकङ चुहाई मकाउ पुल" बारे जानकारी दिन्छु।

६ वर्षको तयारी कार्य तथा ९ वर्षसम्मको निर्माणपछि सन् २०१८ को अन्त्यमा समुद्र पार गर्ने कूल ५५ किलोमिटर लम्बाई रहेको विश्वको सबैभन्दा लामो पुल हङकङ चुहाई मकाउ पूल संचालनमा आएको थियो। यस पुललाई पुल क्षेत्रको "सगरमाथा" मानिन्छ।

हङकङ चुहाई मकाउ पुल चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र ,क्वाङ तुङ प्रान्तको चु हाई शहर तथा चीनको मकाउ विशेष प्रशासनिक क्षेत्रसँग जोडेको छ। जुन "एक देश दुई व्यवस्था"को प्रारुपमा क्वाङ तुङ, हङकङ तथा मकाउ तीनवटा क्षेत्रको पहिलो पटकको सहयोगमा निर्माण गरिएको समुद्र पार गर्ने पुल हो। त्यसको निर्माणमा कूल १ खर्ब २० अर्ब चिनियाँ युआन खर्च भएको थियो।

जानकारी तथा लेखहरु