| 
  | 
  | 
|||||||||
  | 
||

अक्टोबर १ तारिखका दिन जन गणतन्त्र चीनको स्थापनाको ७०औं वार्षिकोत्सव भव्य रूपमा आयोजित भएको छ। सो अवसरमा चाइना मिडिया ग्रुपले ४३ विदेशी भाषा, चार डायलेक्ट (राष्ट्रभाषा) र मंगोलिया, तिब्बती, युगुर, कजाख तथा कोरियाली लगायत पाँच अल्पसंख्यक जातीय भाषाद्वारा उक्त भव्य समारोहको जानकारी दिएको छ। जसले ऐतिहासिक रेकर्डको सिर्जना गरेको छ।

त्यसका साथै चाइना मिडिया ग्रुपअन्तर्गत सीआरआर्इले अंग्रेजी, रूसी, फ्रान्सेली आदि भाषाद्वारा तथा सीजीटीएनले अंग्रेजी, फ्रान्सेली, स्पेनिश, अरबी र रूसी भाषाद्वारा समारोहको प्रत्यक्ष प्रसारण गरेका छन्।

त्यसपछाडि अनुवादक र सञ्चालकहरूले धेरै प्रयास गरेका छन्।

उदाहरणका लागि प्रत्यक्ष प्रसारण गर्ने रूसी भाषाका सञ्चालकले उमेर बढी भएका हुनाले झोलामा उच्च रक्तचाप र मुटुको औषधि राखेका थिए। प्रत्यक्ष प्रसारण समाप्त हुने बित्तिकै उनले औषधी खाए। ती सञ्चालक र सञ्चालिकाको अथक प्रयासमा समारोहको जानकारी प्रशंसनीय बनेको छ।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040  | 
|||||||||