फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# श्य ली गाउँको गरिबी मुक्तिको कथा

(GMT+08:00) 2019-10-09 09:05:59

हाल ल्याउ वन च्विआनले एक सय वटा कुखुरा, चालीस वटा सुँगुर र चार वटा गोरु पालेकी छन्। उनको आम्दानीले भविष्यमा बच्चाको खर्चको प्रत्याभूति गर्नसक्छ।

सन् 2015देखि सरकारले हरेक वर्ष हरेक परिवारलाई नौ हजार चिनियाँ युआन सहायता दिई वासिन्दालाई व्यवसायको विकास गर्न मद्दत दिएको छ। हालको श्य ली गाउँमा हरेक परिवारले सुँगुर र गोरु पालेका छन्। फलफूल र सागसब्जी रोपेका छन्। गत वर्ष गाउँमा तैनाथ कार्य-टोली र गाउँको समितिले स्थानीय प्राकृतिक अवस्था र बजारको जाँचबुझ गरेपछि चेरी रोप्ने निर्णय गरेको थियो। 0.5 किलोग्राम एक चिनियाँ युआनको मकैभन्दा चेरीको मूल्य बढी छ, बिक्रीमूल्य पनि राम्रो छ। चेरी राप्ने विचार राम्रो भएको तर श्य ली गाउँमा तैनाथ कार्य-टोलीका प्रमुख ली वन चाइको सामु धेरै कठिनाइ देखापरेको छ। चिङ्फोजातिकी वासिन्दा फाइ मू च्वनले चेरीको रोपनप्रति चिन्ता लिइन्। उनी भन्छिन् "जग्गालाई शेयरको रुपमा राखिएर चेरीको आधार क्षेत्रमा संलग्न भएपछि मेरो परिवारको आम्दानी नहुने कुरामा चिन्तित थिएँ। चेरीको रोपन सफल हुने कि विफल हुने भन्ने मलाई थाहा थिएन।"

ली वन चाइले फाइ मू च्वनको परिवारलाई चेरीको रोपनको भविष्यबारे जानकारी दिएका छन्। गत वर्षमा रोपिएको चेरीका रुखमा चालू वर्ष चेरी हुर्केको छ। फाइ मू च्वन परिवारको चिन्ता विस्तारै विस्तारै हट्दै गएको छ। फाइ मू च्वन भन्छिन् "हाल चेरी राम्रोसँग हुर्केको छ। अब मलाई कुनै चिन्ता छैन। मैले केही राम्रो भविष्य देखेँ।"

सन् 2018मा श्य ली गाउँको प्रति व्यक्तिको वार्षिक आम्दानी चार हजार पाँच सय चिनियाँ युआन पुगेको छ जुन सन् 2015को तुलनामा दोब्बरले वृद्धि भएको थियो। चालू वर्षको अन्त्यअघि श्य ली गाउँका सबै जना गरिबीबाट मुक्त हुनेछन्।


1  2  3  
जानकारी तथा लेखहरु