फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# श्य ली गाउँको गरिबी मुक्तिको कथा

(GMT+08:00) 2019-10-09 09:06:17

सात महिनासम्म गर्भवती भएकी ल्याउ वन च्विआन चिङ्फोजातिकी वासिन्दा हुन् र उनी पनि सुँगुर पाल्ने गर्छिन्। दुई वर्षअघि उनले आफूद्वारा मर्मत गरिएको झुप्रोबाट सरकारको सहायतामा निर्माण गरिएको ईटा आवास गृहमा सरेकी छिन्। पछि उनले पुरानो घाँसको आवासलाई पर्यावरणीय पालनस्थल बनाइन्। ल्याउ वन च्विआनकाअनुसार, हालको पालन पहिलेभन्दा फरक छ। श्य ली गाउँमा तैनाथ कार्य-टोलीले बेचबिखन सम्बन्धी बाटो पहिचान गरेको छ। अब बेचबिखनको तरीका स्थिर छ। आफूलाई कुनै चिन्ता छैन। ल्याउ वन च्विआन भन्छिन् "परिवर्तन ठूलो छ। पहिले एक दुई वटा सुँगुर मात्रै पाल्ने गरिएको थियो। एक दुई वर्षसम्म पालेपछि बिक्री गरिन्थ्यो। त्यस अवधिमा एउटा सुँगुर पाँच/छ सय चिनियाँ युआनमा मात्रै बिक्री हुन्थ्यो। जीवनको खर्च पनि पुग्दैनथ्यो। हाल गाउँमा तैनाथ कार्य-टोलीले हामीलाई बिक्रीको तरीका खोज्न मद्दत दिएको छ। हामीले खेतीपाती र पालनको मात्रै जिम्मा लिन्छौं।"

ल्याउ वन च्विआनले जानकारी दिएअनुसार, श्य ली गाउँमा तैनाथ कार्य-टोलीले वासिन्दालाई निःशूल्क तालिम दिई रोपन र पालनसम्बन्धी ज्ञान र उपाय सिकाएको छ। ल्याउ भन्छिन् "कार्य-टोलीले हरियो प्याज रोप्न र पालन गर्न निर्देशन दिएको छ। साथै कार्य-टोलीले प्राविधिक व्यक्ति खोज्न मद्दत दिएको छ अनि हामीलाई निःशूल्क तालिम दिएको छ।"

1  2  3  
जानकारी तथा लेखहरु