फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको सबैभन्दा अग्लो टावरद्वारा चीनको राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त

(GMT+08:00) 2019-10-08 15:36:58

युनाइटेड अरब इमिरेट्सको प्रसिद्ध भवन बुरज खालिफा टावरले ६ तारिख राति "चिनियाँ रातो रङ्ग" पोतेको थियो। जसले विशाल एल.इ.डी स्क्रीनमार्फत चीनको राष्ट्रिय झण्डा तथा चाइना मिडिया ग्रुपको प्रतीक "सिसिटीभी" विश्वको सबैभन्दा अग्लो भवनमा प्रदर्शन गरी नयाँ चीनको स्थापनाको सत्तरीऔं वर्षका लागि शुभकामना अभिव्यक्त गरेको थियो।

चालू वर्ष चीन र युनाइटेड अरब इमिरेट्स बीच सम्बन्ध स्थापना भएको ३५औं वर्ष हो। चीन निरन्तर रूपमा धेरै वर्षदेखि युनाइटेड अरब इमिरेट्सको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्दै आएको छ। सन् २०१८ देखि हालसम्म युनाइटेड अरब इमिरेट्समा ११ लाख भन्दा बढी चिनियाँ पर्यटकहरुले भ्रमण गरिसकेका छन्।

जानकारी तथा लेखहरु