फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बोमि

(GMT+08:00) 2019-10-11 08:57:50

बोमि घुमेका सबैले बोमिलाई तिब्बतको स्विजर्ल्याण्ड भन्ने गरेका छन्। जताततै ताल, हिम पर्वत, बन, नीलो आकाश, सेतो बादल मिलेको दृश्य हेर्नसकिन्छ। कहिलेकाहीँ वर्षा र सम्पूर्ण हरियालीबीच रहस्यमय अनुभव पनि थपिएझैं लाग्छ।

तिब्बती बौद्ध धर्मको निङमा सम्प्रदायको तोतुङ गुम्बा बोमि जिल्लाबाट लगभग तीन किलोमिटर टाढा दक्षिण-पश्चिममा पर्छ। तोतुङ गुम्बाको दरबार घनीभूत बनबाट घेरिएको छ र त्यसलाई शब्दमा वर्णन गर्न सकिँदैन। गुम्बामा धेरै धर्मग्रन्थ छन् साथै विभिन्न सुन्दर मूर्ति र थाङ्का पनि छन्। तिब्बती बौद्ध धर्म संस्कृतिको सङ्ग्रहालयमध्येको एक भन्न पनि सकिन्छ।

तोतुङ गुम्बाबाट ट्रामो राजमार्गहुँदै माथितिर लागे कमल पवित्र स्थल अर्थात् गावानुङबा र गावानुङ पहाडी पोखरी पुग्नसकिन्छ। दक्षिणतिरको घनीभूत सल्लाका रूख र वनस्पति क्षेत्र पुग्दा एल्फ जस्तो हरिण देख्नसकिन्छ साथै सुन्दर रातो मुनाल पनि त्यहाँ पाइन्छ। चारैतिर हिम पर्वतबाट बगेको हिम विस्तारै वनस्पति क्षेत्रसम्म पुगेको दृश्यले हिम जगत्मा पुगेको जस्तो अनुभव दिन्छ। गावानुङ पहाडको शिखर पुगेपछि तोरलाबाट उत्तरतिर हेर्दा तीन वटा शानदार जेड जस्तो ताल हिमाली पठारमा देखिन्छ, ती नै हुन् नामी गावानुङ पहाडी पोखरी।

बोमि जिल्लाबाट २८ किलोमिटर पूर्व गएपछि एक ठाडो भीरमा पुगिन्छ। उक्त भीरको तल निकै प्रसिद्ध लुङया कराउने स्प्रिङ्ग छ। पर्यटकले पानी बाहिर फाल भनेर कराए वा ढुङ्गाले भीरमा हानेमा एक छिनपछि भीर तलको खाली भागबाट पानी निस्किन्छ। पहिला थोपा-थोपाको रूपमा निस्कन्छ अनि विस्तारै ठूलो हुन्छ। औसत एक पटक कराएपछि लगभग चालीस मिनेटसम्म पानी प्रवाह हुन्छ जुन चमत्कारिक लाग्छ।


1  2  
जानकारी तथा लेखहरु