|
|
|
|||||||||
|
||

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बाह्र तारिख काठमाण्डौंस्थित राष्ट्रपति भवनमा नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा यी दुबै नेताहरुले संयुक्त सम्बोधन गरेअनुसार यी दुबै मुलुकले संयुक्त सहायता र सहयोग तथा साझा फाइदा भन्ने भावनाका साथ चीन र नेपालबीच विकास तथा समृद्धि उन्मुख पुस्तौं पुस्तादेखिको मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई कायम राख्नेछन्।
राष्ट्राध्यक्ष सीका अनुसार राष्ट्रपति भण्डारीले यस वर्षको अप्रिलमा पैचिङ्गमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणा गर्नुभएको थियो। सोही बमोजिम आफूले निमन्त्रणा स्वीकारेर नेपालको भ्रमण गरेको उहाँले बताउनुभयो। राष्ट्रपति भण्डारीको भनाइ जस्तै चीन र नेपालबीच केवल मित्रता र सहयोग मात्रै रहेको छ। सीले विमानस्थल र बाटोमा समस्त सर्वसाधारणको अनुहारबाट सदिच्छापूर्ण स्वागत भावना देख्नुभएको छ। जसबाट चीन र नेपालबीचको मित्रताले नेपालमा व्यापक तथा बलियो आधार सिर्जना गरेको देखिन्छ।
सीले जोड दिनुभएअनुसार यी दुबै मुलुकले आपसी सम्बन्ध सम्बद्ध राजनीतिक आधारलाई बलियो बनाउँदै भाग्य समुदायको निर्माणलाई आपसी सम्बन्धको विकास गर्ने दीर्घकालीन उद्देश्यको रुपमा लिनुपर्छ। नेपालले द्दढताका साथ एक चीनको नीतिलाई कायम राख्दै आएकोमा चीनले धन्यवाद व्यक्त गरेको छ। नेपालको राष्ट्रिय स्वतन्त्रता,सार्वभौमिकता,क्षेत्रीय अखण्डताको संरक्षणमा चीनले सधैं नै समर्थन दिँदै जाने छ। साथै चीनले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि सक्दो समर्थन तथा सहायता प्रदान गर्दै जाने छ।

चीनले भर्खरै नयाँ चीन स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव मनाएको छ। चीनले निरन्तर रुपमा खुलापन तथा सुधारलाई विस्तार गर्दै उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्दै जाने छ। एक स्थिर,खुल्ला,समृद्ध चीन सधैं नेपाल र सारा विश्वको विकासका लागि अवसर हो।
राष्ट्रपति भण्डारीले राष्ट्राध्यक्ष सीको नेपालको भ्रमणप्रति हार्दिक स्वागत गर्दै जनगणतन्त्र चीन स्थापना भएको सत्तरीऔं वार्षिकोत्सवका उपलक्ष्यमा फेरि शुभकामना व्यक्त गर्नुभयो। उहाँका अनुसार 23 वर्ष पछि चिनियाँ राष्ट्राध्यक्षले नेपालको भ्रमण गर्नुसँग महत्वपूर्ण ऐतिहासिक भावार्थ रहेको छ। नेपाल र चीनले आपसी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको निर्माण गर्ने घोषणाबाट यी दुबै मुलुकबीचको मित्रतालाई अझ बलियो बनाउँदै आपसी सम्बन्धलाई नयाँ युगमा पुर्याउन प्रवर्द्धन गर्नेछ। नेपालले चीनको सदिच्छापूर्ण भावना लिँदै वरिपरि राष्ट्रलाई लाभ ल्याउने कूटनीतिको प्रशंसा गर्दै बेल्ट एण्ड रोडको निर्माणमा सक्रियताका साथ भाग लिने आशा गरेको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||