फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति#"वनछङ राजकुमारी" विषयक नाटकबाट तिब्बती गाउँ धनी

(GMT+08:00) 2019-10-15 15:43:56

सन् २०१३ देखि ल्हासा शहरले "वनछङ राजकुमारी" विषयक नाटकको प्रस्तुत गर्न थालेको हो। जसले पर्यटकलाई तिब्बती विशेषतायुक्त संस्कृति तथा पर्यटकीय उत्पादन दिएको छ। सन् २०१८ सम्म कूल २१ लाख पर्यटकले उक्त प्रदर्शित नाटकको अवलोकन गरिसकेका छन्।

"संसारमा कुनै दूरी छैन, पूरै संसार जन्मस्थल हो।" यो वाक्य "वनछङ राजकुमारी" विषयक प्रदर्शन नाटकको विषय हो। "वनछङ राजकुमारी" विषयक प्रदर्शन नाटकले प्राकृतिक पहाड-नदीलाई पृष्ठभूमि बनाउनुका साथै थाङ राजवंशको नाचगान र तिब्बती नाचगान तथा नाटकको मिलीजुली प्रयोग गरेको छ। "वनछङ राजकुमारी" विषयक प्रदर्शन नाटक युशाङहमै सँस्कृति तथा पर्यटन शेयर र ल्हासा पोटाला पर्यटन तथा सँस्कृति समूहद्वारा संयुक्त रूपमा सिर्जना गरिएको हो। सात वर्षमा "वनछङ राजकुमारी" विषयक नाटक तिब्बतको सँस्कृति तथा पर्यटन उद्योगमा गरिबी निवारणको नमूना बनेको छ। नाटकका लागि लगभग आठ सय जना अभिनेता तथा कर्मचारीमध्ये ९५ प्रतिशतभन्दा बढी स्थानीय सर्वसाधारण हुन्। उक्त प्रदर्शित नाटकको जिम्मेवार कम्पनी अन्तर्गत प्रेस विभागका ली चाउका अनुसार, स्थानीय सर्वसाधाणलाई नाचगान मनपर्छ। त्यसैले नाटकमा अभिनय गर्न धेरै कौशल र समय चाहिँदैन। जसबाट नाटकमा अभिनय गर्ने स्थानीय सर्वसाधारणको परिवार गरिबीबाट मुक्त हुनसक्छन्।

"सर्वसाधारणप्रति नाटकको माग त्यति बढी छैन। औद्योगिक कामदारको जति कौशल चाहिँदैन। हाम्रो उद्योगले धेरै सर्वसाधारणका लागि रोजगार दिनुका साथै स्थायी आम्दानी दिएको छ। अर्कातिर नाटक पूरै दिनभरि प्रदर्शन हुने होइन। त्यसैले सर्वसाधारणले दिनमा काम र खेतीपाती गर्नुका साथै राति नाटक प्रदर्शन गर्नसक्छन्। यसरी उनीहरूले दोहोरो आम्दानी गर्नसक्छन्।"

सन् २०१३ अक्टोबरमा "वनछङ राजकुमारी" विषयक नाटक ल्हासा शहरीय छच्याउलिन गाउँमा पर्ने सँस्कृति तथा पर्यटन पार्कमा प्रदर्शनदेखि स्थानीय गाउँले व्यक्तिगत विकास गर्नुका साथै पूरै गाउँको गरिबी निवारण भएको छ। ५३ वर्षे बुढा छतानतावा युगौंयुगदेखि छचाउलिन गाउँमा बस्दै आएका छन्। गाउँमा नाटकको प्रदर्शनदेखि उनको जीवनमा धेरै परिवर्तन भएको देखिन्छ।

"पहिले पशुपालन गर्ने तथा खेत रोप्ने जीवन थियो। हाल हामी व्यापार र ढुवानी गर्नुका साथै "वनछङ राजकुमारी" विषयक नाटकमा काम गर्छौं। पहिलाभन्दा वर्तमान जीवनमा ठूलो परिवर्तन भएको छ।"

छतानतावाले नाटकमा ६ वर्ष काम गरेर हरेक महिना लगभग तीन हजार युआन कमाउन सक्छन्। साथै उनी गाउँमा तिब्बती ओपेराको उत्तराधिकारी हुन्।"वनछङ राजकुमारी" विषयक नाटकले उनलाई तिब्बती ओपेरा तथा सँस्कृतिप्रति हार्दिक माया दिएको छ।

जानकारी तथा लेखहरु